काठमाडौं । भक्तपुरका एक २६ वर्षीय युवक विदेश जाने तयारी गर्दै थिए। आईइएलटीएस् परीक्षा दिएर कागजात बनाउँदै थिए। यसैक्रममा इन्स्टाग्राम पेजको टाइमलाइन स्टोरीमा उनले एक विज्ञापन देखे। उनले उक्त विज्ञापन भएको आईडीमा कुराकानी सुरु गरे। उक्त विज्ञापनमा भनिएको थियो, ‘सजिलै क्यानडाको भिसा लाग्ने र महिनाको ५ लाख ४५ हजार तलब पाइने।’ आकर्षक तलबको प्रलोभनमा परेका उनले ३४ लाख ५७ हजार गुमाएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्र रेग्मीका …
पुरा पढ्नुहॊस »एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण निर्वाचित, ओली समर्थित हरि रिजाल २ मतले हारे
काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन् । कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए भने रिजालले ४७७ मत पाएका थिए । उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए भने रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए …
पुरा पढ्नुहॊस »आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न …
पुरा पढ्नुहॊस »कस्तो छ तपाईँको क्षेत्रको मौसम ? (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । हाल देशको मौसममा बङ्गालको खाडीको उत्तरपश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । …
पुरा पढ्नुहॊस »भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री चौधरी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी (पश्चिम) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको गर्दै आएको छ । संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने …
पुरा पढ्नुहॊस »ठुला मिटरब्याजी अनुपस्थीत भएपछि ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र
काठमाडौं । २०८० साल असार १२ गते देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले आफु र आफना संस्था डुबाउन भुमिका खेल्ने मिटरब्याजीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धा दर्ता भए लगत्तै छानविन सुरु भएको थियो । सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याज भन्दा माथीको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाइले बताएका छन् । बाँकी रहेका १२ जना मिटरब्याजीहरु सम्पर्कमा नआएको उनले …
पुरा पढ्नुहॊस »जापानिज इन्सेफ्लाइटिसबाट एक महिलाको मृत्यु
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाईले बताए । परीक्षण रिपोर्ट ढिलो …
पुरा पढ्नुहॊस »सुनका गरगहना चोरी गर्ने सुजा परिन् प्रहरीको फन्दामा
काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहरकी सुजा घिमिरे रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही दिनअघि बेसीशहर नगरपालिका-७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै भएको छुट्टाछुट्टै घटनामा करिब २३ तोला बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको थियो । चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतबार घिमिरेलाई पक्राउ …
पुरा पढ्नुहॊस »६० किलो सुन प्रकरण: अनुसन्धानमा तानिए पूर्वउपराष्ट्रपति पुन पुत्र दीपेश, सीआईबीले लियो बयान
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन तानिएका छन् । तस्करीमा उनको कनेक्सन देखिएपछि उनीमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरी बयान लिइएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पुनलाई आइतबार सीआइबीमा बोलाएर सोधपुछ गरिएको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने पनि स्रोतको भनाइ छ ।
पुरा पढ्नुहॊस »जनावरलाई थापेको धरापमा परी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु
काठमाडौँ । खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु भएको छ । जंगली जनावरका लागि थापेको धरापमा परी धनगढी-३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको हो । जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । धनगढी उपमहानगरपालिका-३ स्थित होल्डिङ सेन्टर नजिकै …
पुरा पढ्नुहॊस »