समाचार

प्रधानमन्त्रीले बोलाए श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका छन् । उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गरेका हुन् । श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वैदेशिक श्रम स्वीकृति देखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलका कर्मचारी आन्दोलनमा, भन्सारका सबै काम ठप्प पारिने

काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रूपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाइ नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन् । सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोली पनि …

पुरा पढ्नुहॊस »

कहाँ छ भारी वर्षाको सम्भावना ? (तीन दिनको पूर्वानुमान)

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा …

पुरा पढ्नुहॊस »

ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक १७ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो । ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो । कसलाई …

पुरा पढ्नुहॊस »

ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउनसक्ने

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । अब बहसपछि कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने थुनछेक आदेश आउन सक्नेछ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ …

पुरा पढ्नुहॊस »

बालिका मृत्यु प्रकरणका दोषीलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरणका दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाएका छन् । इजिप्टमा आयोििजत जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपचारका लागि अस्पताल ल्याइएकी बालिकाको पालो कुर्दाकुर्दै मृत्यु भएको प्रकरणमा दोषी देखिएकामाथि कानुनी कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । उच्च स्वरोसहित समस्या देखिएपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी …

पुरा पढ्नुहॊस »

कोशीमा बजेटसम्बन्धी अध्यादेश जारी, बजेट शून्यताको अवस्था हट्यो

काठमाडाैं । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । यसअघि कार्की नेतृत्वको सरकारले नै गएको जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । भदौ ११ देखि कोशी …

पुरा पढ्नुहॊस »

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बिपी साहित्य महोत्सव’ को उद्घाटन समारोहमा उनले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे । सभापति देउवाले भने, ‘उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैं अजर र …

पुरा पढ्नुहॊस »

अब ‘एमआरसिपी युके पेसेज’ परीक्षा नेपालमै

ललितपुर । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेज पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी र युनाइटेड किङ्डमस्थित रोयल कलेज अफ फिजिसियन्ससँगको सहकार्यमा एमआरसिपी युके प्राक्टिकल एसिसमेन्ट अफ क्लिनिकल एक्जामिनेसन स्किल्स पेसेजको पूर्वअभ्यास परीक्षा सञ्चालन गर्ने नेपालको पहिलो अस्पताल बनेको हो । सेप्टेम्बर ७ र ८ गते भएको परीक्षामा नेपालबाट २४ डाक्टरले सहभागिता जनाएको मेडिसिटीले जनाएको छ । मेडिसिटीका अनुसार एमआरसिपी परीक्षा क्लिनिकल विशेषज्ञतामा थप …

पुरा पढ्नुहॊस »

चीन भ्रमणबारे राय लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाल पक्षहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी छ । छलफलमा पूर्व प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र …

पुरा पढ्नुहॊस »