नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले नेम्वाङको असामयिक निधनले आफूलाई मर्माहत बनाएको बताएका हुन्

उनले लेखेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

गए राति २ बजेतिर हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर चिकित्सकहरूले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री