समाचार

कांग्रेसको अपिल- सामाजिक सद्भाव बिग्रने गतिविधि नगरौँ

नेपालगन्जमा एकाएक किन भड्कियो धार्मिक सद्भाव ? काठमाडौं । नेपाली कांग्रेसले धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न/नगराउन सबैमा अपिल गरेको छ । सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर अपिल गरेका छन् । ‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट …

पुरा पढ्नुहॊस »

साढे १० करोड डलर सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्,‘नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा ३.८४ मिलियन डलर अनुदान स्विकार गर्ने भन्ने निर्णय भएको छ ।’

पुरा पढ्नुहॊस »

काँग्रेस सभापति देउवा बिरामी, भेटघाट बन्द

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिरामी भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले विगत तीन दिनदेखि भेटघाट बन्द गरेका छन् । बिसन्चो भएकोले सभापति देउवा निवासमै आराम गरिरहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘रुघाखोकी लागेको छ, ठूलो समस्या छैन,’ उनले भने, ‘बिहीबारदेखि नेता कार्यकर्ताहरूसँग भेटघाट सुरु गर्नुहुन्छ।’

पुरा पढ्नुहॊस »

अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमै दलिन्

bharati-manandha/अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमै दलिन्

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् ।

पुरा पढ्नुहॊस »

अछाम पुगेका माओवादी सचिव आचार्य अस्वस्थ, हेलिकप्टरमा नेपालगन्ज ल्याइयो

dilaram/अछाम पुगेका माओवादी सचिव आचार्य अस्वस्थ, हेलिकप्टरमा नेपालगन्ज ल्याइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् । ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् । स्वास्थ्यमा समस्या आएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभपछि उनलाई नेपालगन्ज ल्याइएको छ ।

पुरा पढ्नुहॊस »

एसपीएका चार विद्यार्थीले पाए बैंकक र कतारका पाँच तारे होटलमा ‘पेड इन्टर्नसिप’

धनगढी । एसपीए कलेजमा बीएचएम अध्ययनरत चार विद्यार्थीहरूले थाइल्याण्डको बैंकक र कतारको दोहाका पाँच तारे होटेलहरूमा पेड इन्टर्नसिपको अवसर पारेका छन् ।  बीएचएम दोस्रो ब्याचका विद्यार्थीहरू दीपक सोडारी र ताराबहादुर थारुले बैंककस्थित मर्कुयर होटल, विनोद चौधरीले द क्वार्टा राउमुर्दी र विवेक शाहीले दोहाको लो रोयर मेरिडेन होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् । ती फाइभस्टार होटेलहरूमा विद्यार्थीले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउनेछ ।  यसबाहेक विद्यार्थीहरूले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, …

पुरा पढ्नुहॊस »

नेपालगन्जमा एकाएक किन भड्कियो धार्मिक सद्भाव ?

Nepalgunj/नेपालगन्जमा एकाएक किन भड्कियो धार्मिक सद्भाव ?

काठमाडौँ । मंगलबार दिउँसो ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रूपमा नेपालगन्जमा र्‍याली निकाल्यो ।  बागेश्वरी मन्दिरदेखि सुरु भएको र्‍यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा र्‍यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको हो ।

पुरा पढ्नुहॊस »

बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला

काठमाडाैँ । बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला परेको छ । टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका-११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार फेला परेको हो । पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम …

पुरा पढ्नुहॊस »

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

malekhu/मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

काठमाडौँ । धादिङको मलेखुमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । गजुरी गाउँपालिका-२ मलेखुस्थित मजुवामा प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको हो । सिद्धलेक गाउँपालिका-६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

बझाङमा भूकम्पका १२ धक्का : थुप्रै घर/विद्यालयगायत संरचनामा क्षति, स्थानीय खुला चौरमा

bhukampa bajhabg/बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौँ । बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो । केन्द्रका अनुसार गएराति १२ : १६ बजे ४.१ रेक्टर स्केलको, १२ :५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५ र …

पुरा पढ्नुहॊस »