सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु

काठमाडाैँ । झापाको कनकाई नगरपालिका– ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उनी सवार प्र १–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ डच ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएको सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्‍याइएको थियो । उनलाई हस्पिटलमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

हाल दुर्घटनामा संलग्न बोलेरो जीपका चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री