काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ ।
केही दिनअघि निमोनिया भएर अस्पताल भर्ना भएका पराजुली डिस्चार्ज भएर घर फर्किसकेका थिए । सोमबार फेरि बिरामी परेपछि बी एण्ड बी अस्पताल लगिएका पराजुलीको बिहान निधन भएको हो । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
कोटेश्वरमा जन्मे-हुर्केका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन्। उनका ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’लगायत कृति चर्चित छन्। उनले लामो समय पत्रकारिता पनि गरेका थिए।
प्रतिकृया दिनुहॊस