काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो। उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ। यसबाट निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एसोसिएसनले दायित्व …
पुरा पढ्नुहॊस »पत्थरीको अप्रेसन गर्दा किड्नी झिकिदिएको घटना ७ लाखमा मिल्यो
काठमाडौँ । धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवाद भएकोमा सहमति गरिएको छ । सोमबार अस्पताल र मृतकका आफन्तबीच सहमति भएको हो । उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ । उपचारको लागि अस्पताल भर्ना …
पुरा पढ्नुहॊस »मंगलबार तपाईँको क्षेत्रको मौसम कस्तो ?
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी …
पुरा पढ्नुहॊस »राष्ट्रपति पौडेलले गरे तीन देशमा राजदूत नियुक्त
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई) र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् । उनीहरु मन्त्रिपरिषद्को सिफारिसमा यसअघि नै संसदीय सुनुवाइपछि राजदूतमा अनुमोदन भएका थिए ।
पुरा पढ्नुहॊस »कृषिको कार्यक्षेत्रमा समन्वयकारी भुमिका निभाउनेछुः आरजु
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् । सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरे । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् । उनले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताइन् । उनले कृषी वृहत क्षेत्र रहेको भन्दै आफूले सदैव …
पुरा पढ्नुहॊस »१० वटै संसदीय समितिको सभापति निर्विरोध (सूची)
काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारस्थि कृषि समितिको हलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका नव निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा राना र कानुनीमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । यसअघि प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् । राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि …
पुरा पढ्नुहॊस »काँग्रेसले भाद्र २४ गतेदेखि बिपी साहित्य महोत्सव आयोजना गर्ने
काठमाडौं । नेपाली काँग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । काँग्रेसले बिपी कोईरालाको भाद्रा २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते काँग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले …
पुरा पढ्नुहॊस »सर्वोच्चमा सुशासन कायम गर्छौँ : प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन्। सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधान न्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन्। उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए। अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने उनको भनाइ छ। स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि उनले बताए। प्रधान …
पुरा पढ्नुहॊस »डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन
काठमाडौँ । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएका हुन् । उनले भने ‘उहाँले बडीगार्ड पनि छाडेर हिँड्नुभएको रहेछ। अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन’। गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।
पुरा पढ्नुहॊस »ललिता निवास प्रकरण : आजदेखि थुनामा रहेका १८ प्रतिवादीको बयान
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका विषयमा आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान हुँदैछ । आइतबार सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि आजदेखि उनीहरुसँग बयान लिइने भएको हो । जसमध्ये यस जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । …
पुरा पढ्नुहॊस »