एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघातका कारण गएराति करिब २ बजेतिर उनको निधन भएको हो ।

बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले जानकारी दिएका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन् ।

नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगेका छन् । नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए । नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ पटक–पटक मन्त्री बनेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस