जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् । संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि …
पुरा पढ्नुहॊस »काठमाडौंको नेपालटारमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौं । काठमाडौंको नारकेश्वर–११,नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् । प्रहरीले बालिका बलात्कारको आरोपमा तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।बोहराले खाजा खान गएका वेला ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।
पुरा पढ्नुहॊस »रौटहतमा डुंगा दुर्घटना अपडेट: २जनाको शव भेटियो
रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । डुंगा दुर्घटनामा परि बेपत्ता भएका इशनाथ नगरपालिका–३, औरैयाकी ३५ वर्षीय रूनादेवी पटेल र गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाहको शव भेटिएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता छन् । डुंगामा रहेका २४ को जीवितै प्रहरीले उद्धार गरेको छ ।
पुरा पढ्नुहॊस »राष्ट्रिय झण्डा ओढाएर सन्नीको दाहसंस्कार
काठमाडाैँ । निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका शहीद सन्नी खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नीको अन्त्येष्ठि गरिएको हो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको थियो। सन्नीको अन्त्येष्ठिमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका मेयर अशोक चन्द पनि सहभागी थिए । त्यसैगरी, अन्त्येष्टिका …
पुरा पढ्नुहॊस »क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को गम्भीर ध्यानाकर्षण
काठमाडौं ।क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले स्थापना (सन् २००६)देखि स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हक–हित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ। संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानूनहरूलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धीत निकायलाई निरन्तर सुझाव दिँदै आएको छ । १ भदौ २०७५ देखि लागू भएको मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४ र हालै संसदमा प्रस्तुत गरिएको वैयक्तिक गोपनियताको हक संरक्षणसम्बन्धी …
पुरा पढ्नुहॊस »छोराको कुटाईबाट बाबुको मृत्यु
काठमाडाैँ । लहानमा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका–१८ मनर्वामा घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट ४५ वर्षीय आफ्नै बाबु उमेश सदायको भएको मृत्यु हो । छोराको कुटपिटबाट गम्भीर घाइते भएका उमेशको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकामा आगामी १३ र १५ विजोर नम्बरका सवारी मात्र चलाउन पाइने
काठमाडौं । आगामी १३ र १५ गते विजोर नम्बरका सवारी मात्र चलाउन पाइने भएको छ भने १४ गते जोर नम्बरमा गुड्नेछ । काठमाडौंमा हुने विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्याकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन हुने भएको हो ।
पुरा पढ्नुहॊस »आज जनै पूर्णिमा तथा रक्षा बन्धन : यस्ताे छ यसको महत्व
काठमाडाैँ ।अाज श्रावण शुक्ल पूर्णिमाकाे अवसरमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । साथै अाजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ । अाजकै दिन तराईका अधिकांश जिल्लामा दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने परम्परा छ भने ‘क्वाँटी’ खाने चलन पनि छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा …
पुरा पढ्नुहॊस »रौतहट डुंगा दुर्घटनाः ५ जना वेपत्ता, २१ को उद्धार
रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ । अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् । औरहियाबाट गौरतर्फ …
पुरा पढ्नुहॊस »पत्रकार गजेन्द्र बुढाथोकीले पूजालाई बार्षिक १० हजार रुपैयाँ सहयोग गर्ने
काठमाडौं । पत्रकार गजेन्द्र बुढाथोकीले पूजालाई बार्षिक १० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । केहिदिन अघि बेनी नगरपालिका-६ फोओठे घर भएकी जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने पूजा खत्रीले आफ्ना समस्या देखाउँदै आफ्ना स्कुलका प्रधानाध्यापकलाई आफूलाई विद्यालयमा भर्ना भएर पनि नियमित विद्यालय जान नपाएको, कापी कलम किन्ने पैसा नभएको र आफूलाई पढाइदिने कोही पनि नभएको उल्लेख गर्दै भावुक पत्र लेखेकी थिइन्। १२ बर्षीया छात्रा पूजाको उक्त भावुक पत्र सामाजिक संजालमा भाईरल बनेको थियो …
पुरा पढ्नुहॊस »