काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए। बुधबार रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमन श्रेष्ठले बहस गरिरहेका छन् । पन्त र श्रेष्ठ दुवै पूर्व महान्यायाधिवक्ता हुन् ।
उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुने बताइएको छ । जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । बहस लम्बिँदै गएपछि रवि लामिछानेले आफ्ना कानुन व्यवसायीलाई कम बोल्न आग्रह गरेका छन् ।
उनले कानुन व्यवसायीलाई भने, ‘अब बोल्ने काम एकदम कम गरौँ, एकदम छोटो ।’ उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ । रविविरुद्ध बहस गरेका वकिलहरूले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । प्रमाण नष्ट हुनसक्ने भन्दै रविलाई थुनामै राख्नुपर्ने उनीहरूको तर्क छ ।
प्रतिकृया दिनुहॊस