समाचार

सप्तरीमा प्रहरी भ्यानमा बम आक्रमण

राजविराज । तराईमा उदाएको नयाँ सशस्त्र समूहले सप्तरीमा प्रहरी भ्यानमा बम विष्फोट गराएको छ । गत साउन ४ गते अस्तित्वमा आएको प्रगतिशील तराई मुक्ति मोर्चाले इलाका प्रहरी कार्यालय कडरबोनाको भ्यानमा राति साढे नौ बजे बम विष्फोट गराएको हाे । उक्त समूहका संयोजक सिजनका अनुसार बम विष्फोटले भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ । इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको श्रीपुर गाउँमा गस्ती गएको बेला भएको बम विष्फोटले बा.१ झ ७३९२ …

पुरा पढ्नुहॊस »

ग्रान्डी अस्पतालको लापरवाहीको कारण एक बालिकाको मृत्यु

काठमाडौं । राजधानीको धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीको आरोप लगाएका छन् । विरामीको आफन्तले   अरु विरामीको रिपोर्टको आधारमा गलत औषधीको प्रयोग गर्दा बालिकाको मृत्यु भएको आरोप लगाएका हुन । तेह्र बर्षिया कञ्चन बुढाको बुधबार उपचारका क्रममा निधन भएको हो ।मृतक कञ्चनको एक्सरे रिपोर्टमा निमोनियाकी विरामी सन्ध्या उप्रेतीको एक्सरे रिपोर्ट फेला परेपछि चिकित्सकले उपचारमा त्रुटि भएको प्रमाणित भएको आफन्तको दावि छ । अस्पताल प्रशासनले भने घटनाको …

पुरा पढ्नुहॊस »

अविरल वर्षाका कारण बाग्लुङमा पहिरोले ५ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण बाग्लुङमा गएको पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निशीखोला-२ को  ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र १८ वर्षीया छोरी गीता छन्त्याल छन् ।त्यस्तै  निशीखोला १ हुल्दीमा गएको पहिरोमा परेर एक बृद्धा वेपत्ता भएकी छन् ।  

पुरा पढ्नुहॊस »

कक्षा १२ को बिज्ञान संकायको नतिजा सार्वजनिक

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । भने आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । परीक्षा बोर्डको अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै  सार्वजनिक गर्ने जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

अब बैंक सञ्चालक बन्न पनि स्तानकोत्तर उपाधि चाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत र संचालक बन्नका लागि योग्यता तोकेको छ। केन्द्रिय बैंकले तोकेको योग्यता अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संचालक बन्न   स्तानकोत्तर उपाधि हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। व्यवस्थापन, बैकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकोले सञ्चालक बन्न पाउने भएकाछन्।

पुरा पढ्नुहॊस »

स्वाइन फ्लूका कारण ६ जनाको मृत्यु

काठमाडौं । पेन्डेमिक इन्फ्लुएञ्जा H1N1 (स्वाइन फ्लू) कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको पाइएको छ । शुक्रराज ट्रफिकल तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमा -स्वाइन फ्लूबाट मृत्यु हुनेमा २५ देख ५२ वर्ष उमेर समूहका तीन महिला तथा पुरुष छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा.भीम आचार्यले जनवरी १ देखि अगस्ट ३ सम्म स्वाइन फ्लुका कारण छ जनाको मृत्यु भएको बताए । ‘आठ महिनाको अवधीमा स्वाइन फ्लुका कारण …

पुरा पढ्नुहॊस »

साझाबसले निशुल्क वाइफाई

नेपाल टेलिकमसितको सहकार्यमा बागलुंग चल्ने साझा बसमा चढ्नेले निशुल्क वाईफाई चलाउन थालेका छन्।हाल उपत्यका भन्दा बाहिर बागलुङ जाने र फर्कने दुइ बसमा यो सेवा जडान गरिएको छ ,जहाँ यात्रा गर्नेले नि:सुल्क इन्टरनेट चलाउन पाउनेछन ।

पुरा पढ्नुहॊस »

योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्ले नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा बुझाएका थिए । उपाध्यक्षमा नियुक्त भएका वाग्ले श्रेष्ठ तथा गोविन्दराज पोखरेल उपाध्यक्ष हुँदा आयोगको सदस्य थिए । योजना आयोगको उपाध्यक्षमा डा. वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेकाे अनुभव छ ।

पुरा पढ्नुहॊस »

चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश

काठमाडौं  । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । चुडामणिकी पत्नी कल्पना शर्मा उप्रेतीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बहस जारी रहेकै अवस्थामा सर्वोच्चले उनलाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । ‘इजलासले चुडामणि शर्मालाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ,’ सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले भने, ‘बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि भने बहस जारी छ, हेर्दाहेर्दै रहेको मुद्दा बुधबार पनि …

पुरा पढ्नुहॊस »

महिला हिंसा रोक्न प्रहरीको ‘सेफ्टी पिन’ अभियान

काठमाडौं । सार्वजनिक सवारीसाधनमा महिलाहरुमाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गर्ने भएको छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा पर्ने गरेका घटना बढ्न थालेपछि नियन्त्रणका लागि महानगरीय प्रहरीले अभियान नै चलाउन भएको हो  । महिलामाथि हुने यौन हिंसा रोक्न सार्वजनिक गाडीमा तीन जनाको टोली नै खटाइने योजना प्रहरीको छ ।महिलामाथि हिंसा गरेको पाइए त्यहीबाट कारबाही सुरु हुने भएको छ । ‘सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासंघ, …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds