समाचार

टेलिकमले माग्यो धरहराभित्रै ब्यवसायिक क्षेत्र र ३० वर्षे सञ्चालन अधिकार

काठमाडौं । नेपाल टेलिकमले धरहरा पुनर्निर्माणपछि ३० वर्ष आफूले नै सञ्चालन र ब्यवस्थापन गर्ने प्रस्ताव गरेको छ । झण्डै ८ अर्ब लगानीमा बन्ने धरहराबाट आफ्नो लगानी उठ्ने प्रत्याभूतिका लागि टेलिकमले धरहराभित्र केही क्षेत्र ब्यवसायिक प्रयोजनमा पनि लगाउन पाउनुपर्ने माग गरेको छ ।   धरहरामा घुम्न आउनेहरुबाट शुल्क उठाएर मात्रै सञ्चालन खर्च ब्यवस्थापन नहुने भन्दै टेलिकमले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसामू पुरातात्विक पक्षलाई असर नपर्ने गरी ब्यवसायिक …

पुरा पढ्नुहॊस »

चीनका उपप्रधानमन्त्री नेपालमा भ्रमणमा आउने

काठमाडौं । चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन। नेपालका लागि चिनिया राजदूत यू होङले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आइतवार भेटेर उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरिय प्रतिनिधिमण्डलले साउन ३० गते नेपाल भ्रमण गर्न लागेको जानकारी गराएकी हुन । याङले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि

काठमाडौं । सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै वैदेशिक रोजगारमा जाने कामदारले अब कल्याणकारी कोषमा थप रकम जम्मा गर्नुपर्ने हुन्छ। यसअघि एक हजार रुपैयाँ जम्मा गर्दै आएका कामदारले अब रोजगारीको अवधि हेरेर २५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने छ।

पुरा पढ्नुहॊस »

काठमाडौंबाट अपहरित बालक विशाल चौधरीको सकुशल उद्धार

काठमाडौं  । साउन १२ गते स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा पढ्ने चौधरी घर फर्कने समयमा अपहरणमा परेका थिए ।उनकाे सोमबार बिहान काँडाघारीबाट महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको हो ।

पुरा पढ्नुहॊस »

कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ । कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएको …

पुरा पढ्नुहॊस »

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा एकजना मात्रै शिक्षक कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन लाग्छ …

पुरा पढ्नुहॊस »

पोखराको लेखनाथमा जिप दुर्घटना हुदा १ को मृत्यु

पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५  जना घाइते भएका छन । जिप सडकबाट फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको  छ । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये हाल पोखरा–१० बुद्धचोक बस्ने २५ वर्षीय विष्णु राई र दमना गाउँपालिका–९ का ३५ वर्षीय भक्तबहादुर राईको सघन उपचार कक्ष र सामान्य घाइते भोजपुरका ३० वर्षीय म्यान राई, …

पुरा पढ्नुहॊस »

तस्करसँग ‘सेटिङ’ मिलाउने प्रहरी निरीक्षक कारवाहीमा

विराटनगर । तस्करी चलाउन ‘सेटिङ’ मिलाएर तस्करसँग रकम लिने गरेको विवादमा तानिएपछि विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवमाथि कारवाही सुरु गरिएको छ । ‘सेटिङ’ मिलाएर नेपाल-भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउने गरेको विवादमा मुछिएपछि कारवाहीका लागि उनलाई शनिबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ । उनलाई जिप्रका तानिए पनि उनका ठाउँमा रानीमा कसैलाई पठाइएको छैन । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टरार्इको निर्देशनमा यादवमाथि …

पुरा पढ्नुहॊस »

अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब

काठमाडौं । शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन्। अस्थायी शिक्षकहरूसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन्। गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२ असोज २ सम्म नियुक्ति लिएका अस्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्षभित्र सुरु गर्नुपर्ने व्यवस्था छ। यही …

पुरा पढ्नुहॊस »

स्वाइन फ्लूबाट १ को मृत्यु, सचेत रहन आग्रह

काठमाडौं ।स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका १  जनाको मृत्यु भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको छ । स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर पोखरा, पोखराबाट ग्राण्डी अस्पताल काठमाडौँमा करिब एक हप्ता उपचार गरेपछि पुनः त्रिवि शिक्षण अस्पताल लगेको दुई दिनपछि मृत्यु भएको थियो । स्वाइन फ्लूबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, मास्कको प्रयोग गर्ने, भीडभाडमा नजान तथा सङ्क्रमित …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds