आज जनै पूर्णिमा तथा रक्षा बन्धन : यस्ताे छ यसको महत्व

काठमाडाैँ ।अाज श्रावण शुक्ल पूर्णिमाकाे अवसरमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । साथै अाजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ ।  हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ ।

अाजकै दिन तराईका अधिकांश जिल्लामा दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने परम्परा छ भने  ‘क्वाँटी’ खाने चलन  पनि   छ  । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन  छ ।

रातो, पहेंलो रंगको डोरा विधिपूर्वक बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ ।

विभिन्न गेडागुडी  सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।

यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस