रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ ।
डुंगा दुर्घटनामा परि बेपत्ता भएका इशनाथ नगरपालिका–३, औरैयाकी ३५ वर्षीय रूनादेवी पटेल र गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाहको शव भेटिएको प्रहरीले जनाएको छ ।
डुंगा दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता छन् । डुंगामा रहेका २४ को जीवितै प्रहरीले उद्धार गरेको छ ।
तपाईंको प्रतिकृया




