बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौं । बाँकेमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । मंगलबार साँझ राप्तीसोनारी–७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगञ्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र पछाडि सवार २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले बताए । प्रहरीका अनुसार दुर्घटनालगत्तै बस चालक फरार भएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारलाई स्वेच्छाचारी नबन्न विपक्षीको चेतावनी

काठमाडौं । सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको …

प्रतिकृया दिनुहॊस