राष्ट्रिय झण्डा ओढाएर सन्नीको दाहसंस्कार

काठमाडाैँ । निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका  शहीद सन्नी खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नीको अन्त्येष्ठि गरिएको हो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको थियो।

सन्नीको अन्त्येष्ठिमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका मेयर अशोक चन्द पनि सहभागी थिए । त्यसैगरी, अन्त्येष्टिका क्रममा मानवअधिकारकर्मी, महिला र सयौँको संख्यामा स्थानीय सर्वसाधरण उपस्थित थियो।

संघीय मन्त्रिपरिषद्को शनिबार राति बसेको आकष्मिक बैठकले सन्नीलाई शहिद घोषणा गरेको थियो । त्यही अनुसार सन्नीलाई प्रहरीले शोक सलामी दिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री