सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाहरुले आश्रय लिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु र वाटर डिस्पेन्सर उपलब्ध गराएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

समारोहमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको बताए।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंकको नयाँ निर्देशिका: बचत र ऋण कारोबारलाई कडाइ, सहकारीका लागि नयाँ नियमावली

काठमाडौं । सरकारले सहकारी क्षेत्र व्यवस्थापनका लागि अध्यादेशमार्फत नयाँ कानुन लागू गरेपछि नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको वित्तीय गतिविधिलाई व्यवस्थित गर्न नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अपारदर्शिता र असन्तुलनलाई सम्बोधन गर्दै सोमबार राष्ट्र बैंकले “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशिका तथा मापदण्ड” को प्रारम्भिक खाका प्रस्तुत गरेको हो ।

प्रतिकृया दिनुहॊस