काठमाडौं । आज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको …
पुरा पढ्नुहॊस »अस्थायी ‘टिचिङ लाइसेन्स’ लिएकालाई फागुन मसान्तसम्म मौका
काठमाडौं । स्नातकोत्तर तह उत्तीर्ण गरी अस्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) पाएका शिक्षकहरुलाई एमएड, वीएड वा १० महिने तालिम लिएको प्रमाण पेश गर्न सरकारले पुनः दुई महिनाको समय दिएको छ । शिक्षक सेवा आयोगले प्रमाणपत्रहरु पेश गर्न फागुन मसान्तभित्रको समय दिएको हो । यसअघि ०६८ चैत १५ गते लिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाहरुलाई अस्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिएको थियो । तिनीहरुलाई ०७३ भाद्र मसान्तभित्र एमएड, वीएड वा १० महिने तालिम …
पुरा पढ्नुहॊस »दाउन्नेमा एकआपसमा सवारी साधन ठोकिदा एकको मृत्यु ,सात घाइते
नवलपरासी । त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्र्याक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार सातजना घाइते भएका हुन् । दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किवास …
पुरा पढ्नुहॊस »गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा
काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, …
पुरा पढ्नुहॊस »प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छन्। वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी हुन ।
पुरा पढ्नुहॊस »बसको ठक्करबाट एकको मृत्यु
काठमाडौं । काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आइतबार राति बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो । स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको हो ।ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।
पुरा पढ्नुहॊस »एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा
काठमाडौं । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एमालेले सोमबार दिउसो स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन्। दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले संगठनको …
पुरा पढ्नुहॊस »मनाङको तापक्रम माइनस १६ डिग्री
मनाङ । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका …
पुरा पढ्नुहॊस »पूर्वसांसद पोखरेलको लडेर निधन
काठमाडौं । पूर्व सांसद तथा प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको निधन भएको छ । आज बिहान शौचालय जाने क्रममा लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा पोखरेलको निधन भएको हो । ६६ बर्षीय पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । पोखरेलका श्रीमती र दुई छोरा छन् । पोखरेल दोस्रो संविधानसभा फोरम लोकतान्त्रिकबाट सभासद बनेका थिए ।
पुरा पढ्नुहॊस »काठमाडौंको तापक्रम शून्यमा
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो । तापक्रम घटेसँगै काठमाडौंमा धेरै चिसो महसुस भएको छ । ८ वर्षपछि काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो ।काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।
पुरा पढ्नुहॊस »