समाचार

काठमाडौंको कमलादीमा गोली चल्यो

काठमाडौं । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । प्रहरीले गोली हानेर भाग्दाभाग्दै दुई जनालाई पक्राउ गरेको छ । कमलादीको प्रज्ञा भवन छेउमा रहेको गण्डकी खाजा घरमा गोली चलेको हो । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको छ ।

पुरा पढ्नुहॊस »

झापामा करेन्ट लागेर १ को मृत्यु

झापा । माछा मार्ने क्रममा झापामा करेन्ट लगाएर १  जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–२ का  कृष्ण लिम्बु रहेका छन् । घाइते हुनेहरुमा बिमल रेग्मी,अबिशेक राई र आभाष राई छन् । स्थानीय अदुवाखोलामा माछा करेन्ट लगाएर मार्ने क्रममा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

न्यूयोर्कमा आंतकवादी आक्रमण, आक्रमणकारीले जथाभावी ट्रक चलाएर ८ जनालाई मारे, ११ घाइते

न्यूयोर्कको म्यानह्याटनस्थित व्यस्त सडकमा एक आतंकवादीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँड्डुल गर्ने तथा साइकल चलाउने बाटोमा २९ वर्षीय सेफुल्ला साइपोब जथाभावी ट्रक चलाएका थिए । प्रहरीले उनलाई गोली प्रहार गरी हिरासतमा लिएको बताइएको छ । उनी आप्रवासीका रुपमा २०१० मा अमेरिका प्रवेश गरेको पनि मिडियाहरुले दाबी गरेका छन् । यस्तै उनले चलाएको ट्रक भित्र खानतलाशी …

पुरा पढ्नुहॊस »

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं ।  सर्बोच्च अदालतबाट हत्या अभियोगमा जन्मकैदको फैसला भएका माओवादी केन्द्रका नेता एवम पुर्व सभासद बालकृष्ण ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सातदोबाटोबाट पक्राउ गरेको  छ। ढुंगेललाई आफन्तको कोठामा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताईएको छ । द्वन्द्वकालीन मुद्धामा सर्वोच्चले २०६६ पुस १९ गते ढुंगेललाई सर्वश्वसहित जन्मकैदको  फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल लुकिछिपी बस्दै आएका थिए । अहिले ढुंगेललाई  हिरासतमा राखिएको र जेल चलन गर्ने तयारी भईरहेको प्रहरीले स्रोतले बताएको छ।

पुरा पढ्नुहॊस »

आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदै

काठमाडौं । आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । एकादशीका दिन  तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । आज काठमाडौँ उपत्यकाका चारनारायण भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायणमा विशेष मेला लागेको छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

पुरा पढ्नुहॊस »

भारतीय ट्रक छुटाउन नेपालगञ्ज भन्सारमा प्रदर्शन, अावतजावत ठप्प

नेपालगञ्ज । भन्सार एजेन्टहरुले प्रदर्शन गर्दै नेपालगञ्ज भन्सार ठप्प पारेका छन् ।   भन्सार छलेर मध्यरातमा नेपाल भित्रिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुले मंगलबार भन्सार ठप्प पारेका हुन् । भुलबस प्रज्ञापनपत्र विना नै भारतीय ट्रक नेपाल भित्रिएको भन्दै भारतीय र नेपालका एजेन्टहरुले नाकामा विरोध प्रदर्शन गरी ठप्प पारेका हुन् । विभिन्न सुरक्षा घेरालाई चुनौती दिदै नेपालगञ्ज भन्सारले सुईकोसम्म नपाई भारतीय ट्रक नेपालगन्ज भित्रिएपछि तीन दिन अघि संघीय प्रहरी इकाइ कार्यालय …

पुरा पढ्नुहॊस »

बिर्तामोडमा पूर्ण रुपमा कर्फ्यु हट्यो

झापा ।   ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको  हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा स्थानिय तथा प्रहरीबिच झडप भए पछि शुक्रबार दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि लगाईएको  कर्फ्यू  सोमबारबाट पूर्ण रुपमा हटेको छ । विर्तामोडमा  भएको झडपमा प्रहरीको गोली लागेर  १  प्रदशनकारीको मुत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए ।

पुरा पढ्नुहॊस »

गुल्मीको रिडिमा माइक्रो दुर्घटना, ७ काे मृत्यु

गुल्मी ।वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

१४ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास

भोजपुर ।  भोजपुरको दक्षिण आम्चोक गाउँपालिका-९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पीडित बालिका अचेत अवस्थामा स्थानीयले भेटेपछि  उपचार लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

पुरा पढ्नुहॊस »

अर्वपती विनोध चौधरी काँग्रेसको समानुपातिक सूचीमा

काठमाडौं। नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्वपती विनोद चौधरी समावेश गरिएका छन्। नेपाली काँग्रेसले आइतवार संसोधन सहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ।  चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेसको कोटाबाट समानुपातिकमा परेका छन् । पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका चौधरी एमाले पार्टीबाट सभासद भएका थिए। तर  पछिल्लो समयमा भने   नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि उनी लोकतान्त्रिक गठवन्धनसँग …

पुरा पढ्नुहॊस »