काठमाडौं । खुलामञ्चस्थित बसपार्कको गेटमा काठमाडौं महानगरपालिकाको सूचना छ-बिमिस्केट सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुनेछ ।’
काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा जाने गाडी बसपार्कबाट छुट्थ्यो । बिमिस्टेकका नाममा ५ दिनका लागि खुलामञ्चको बसपार्क बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पुरानो बसपार्कबाट छुट्ने बसहरु बालाजुस्थित नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ ।
अरनिको तथा बिपी राजमार्ग भएर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ओखलढुंगा लगायतका ज्लिलमा जाने यात्रुले ५ दिन सास्ती भोग्नुपर्ने भएको छ ।
बिमस्टेक शिखर सम्मेलनका पाहुनाको आवागमनलाई सहज गर्न सर्वसाधाराणको पहुँचको बसपार्क बन्द गरिएको हो ।
तर, टिकट काट्न भने खुलामञ्च नै पुग्नुपर्छ । खुलामञ्चमा रहेका काउन्टरमा टिकट काटेर बस चढ्न भने नयाँ बसपार्क पुग्नु पर्ने अव्यवहारिक नियम बनाइएको छ ।
उपत्यकाभित्रका सवारी साधनलाई भने पार्किङ नगरी गाडी घुमाउन र यात्रु झार्न भनिएको छ ।
अनलाइनखबर
प्रतिकृया दिनुहॊस