‘स्काईवर्थ सपना साकार’ को बम्पर उपहार विजेता घोषणा

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ अभियानको बम्पर उपहार विजेता घोषणा गरेको छ ।

बुधबार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई कारको साँचो हस्तारन्तरण गरिएको हो । साथै उपहारमा लागने २५ प्रतिशत कर कम्पनी आफैंले व्यहोर्ने पनि जनाइएको छ ।

बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत् माइक्रोवेभ प्रदान गरिसकेको छ । भने ४० प्रतिशत सम्मको आकर्षक छुटसहित आफ्ना होम एप्लायन्सहरु पनि ग्राहकहरुलाई उपलब्ध गराएको थियो ।

सो अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले रवि अर्याल लगायत साप्ताहिक विजेताहरुलाई बधाई दिए । उनले अभियानलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण गा्रहकहरुलाई समेत धन्यवाद दिँदै स्काईवर्थले सधैं गुणस्तर र नीनतालाई प्राथमिकतामा राख्दै आएको बताए ।

स्काईवर्थले उतपादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै ग्राहकको अनुभवलाई प्राथमिकता दिँदै आएको चर्चा गर्दै प्रत्येक घरमा आफ्नो विश्वास कायम राखेको बताए ।

स्मार्ट एप्लायन्सेस् प्रालिको स्काईवर्थ सपना साकार उपहार योजना गत असोज १ देखी कार्तिक ३० सम्म सञ्चालन गरिएको थियो । जसमा देशभरका ग्राहकहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस