विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा २१ दिन अघि बम विष्फोट गराउने तीनजना पक्राउ परेका छन् ।प्रहरीले प्रेसर कुकर बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि भएको हो । विराटनगर महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट आइतबार विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये मोरङको जहदा …
पुरा पढ्नुहॊस »आज कृष्णअष्टमी,श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।आजको दिनमा विशेष गरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउँछन् । यसोगरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडाैंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत …
पुरा पढ्नुहॊस »रोल्पामा साढे ६ वर्षीया बालिका बलात्कृत
रोल्पा । रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। प्रहरीका अनुसार पूर्वीरोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी हुन्। उनलाई गाउँकै आफन्त पर्ने १५ बर्षीय एक किशोरले बलात्कार गरेका हुन् । उनले बालिकालाई अरुलाइ नभन्नु भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएको कतै भनेकी थिइनन्। बालिकाका आफन्तका अनुसार बलात्कार भएकी बालिका केही दिनदेखि बिरामी पर्न थालेकी थिइन। शुक्रबार छोरी बिरामी भएपछि अामाले उपचारका लागि प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री …
पुरा पढ्नुहॊस »पिउन पदका लागि पिएचडी गरेका ३७ सय जनाले दिए आवेदन
एजेन्सी । जागिरको खोजीमा लाग्नेहरुकाे लाइन नेपालमा पनि सानो छैन । बेरोजगार रहनु भन्दा आफ्नो योग्यता भन्दा निकै कम योग्यता भए पुग्ने पदका लागि पनि फारम भर्ने यहाँ पनि छन् । यस्तै घटना भएकाे छ भारतमा । भारत उत्तर प्रदेशमा पछिल्लो समय पिएचडी अर्थात विद्यावारिधी गरेकाहरुले पनि पिउन पदका लागि आवेदन दिएको खुलेको छ । कक्षा पाँच पास गरेको शैक्षिक योग्यता भए पुग्ने पदका लागि पिएचडी तथा स्नातकोत्तर गरेकाहरुले पनि आवेदन …
पुरा पढ्नुहॊस »बिमस्टेक शिखर सम्मेलन सम्पन्न
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। भदौ १४ र १५ गते काठमाडौंको सोल्टी होटलमा सम्पन्न बिमस्टेक चौथो शिखर सम्मेलनको व्यापार, लगानी र उर्जामा सहकार्य गर्ने प्रतिवद्धता सहित १८ बुँदे काठमार्डौ घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सकिएको छ । सममेलनमा विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड …
पुरा पढ्नुहॊस »गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन
काठमाडाैँ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित रहेका छन् । कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए पनि यसको रेकर्ड अरुकै नाममा छ । रिमालभन्दा अगाडि मलेवादेवीलगायतले गीत रेकर्ड गराइसकेका थिए । गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि …
पुरा पढ्नुहॊस »बिमस्टेक राष्ट्रका प्रमुखबीच साेल्टी हाेटलमा रिट्रिट सुरु
काठमाडाैँ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि अायाेजना गरिएकाे ‘रिट्रिट’ होटल सोल्टीमै सुरु भएकाे छ । बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/ सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित सोल्टी होटलमा रिट्रिट शुरु भएको हो । बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथीलाई स्वागत गरे । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।
पुरा पढ्नुहॊस »चौथो बिमस्टेक शिखर सम्मेलन सुरु
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । भोलीसम्म चल्ने शिखर सम्मेलनको लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पुरा पढ्नुहॊस »घरको छतबाट खसेर १ महिलाको मृत्यु
नुवाकोट । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका- १ ढुंगेबजार घर भएकी २९ वर्षीया सिर्जना ढुंगाना छिन् । फोहोर फाल्नका लागि दुई तल्लामाथि रहेको घरको छतमाथि पुगेकी ढुंगाना एक्कासी चिप्लिएर सडकमा खसेकी थिइन् । उनलाई तत्काल स्थानीयबासीले उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पुर्याइएको थियो।तर उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पुरा पढ्नुहॊस »आज दिउँसो साढे ३ बजे बिम्स्टेक उद्घाटन
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज दिउँसो साढे ३ बजे उद्घाटन हुँदैछ। सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । उद्घाटन समारोह सकिएपछि सबै देशका राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् ।सम्मेलनको कार्यसूचीअनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन …
पुरा पढ्नुहॊस »