टिपरको ठक्करबाट एकको मृत्यु

नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको  हो । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ। घटना लगतै स्थानीयले प्रदर्शन गरेपछि अहिले सडक अबरुद्ध भएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री