किन गरे ९ वर्षका बालकले आत्महत्या

एजेन्सी । अमेरिकाको क्लोराडो, डेनबरमा ९ वर्षका बालकले आत्महत्या गरेका छन् । विद्यालयमा चारदिनसम्म समलैंगिक भएको भन्दै साथीहरुले जिस्क्याउने तथा धाकधम्की देखाउने गरेपछि ९ वर्षका बालक जमेल माइल्सले आत्महत्या गरेका   थिए । 

जमेलको शव गएको बिहीबार घरमै भेटिएको थियो ।  जमेलले गतको सोमबारदेखि जो शुमेकर एलिमेन्टरी स्कुलमा कक्षा चारका पढ्न सुरु गरेका थिए।

विद्यालयका साथीहरुले आफूलाई आफ्नै हत्या गर्न भनेको जमेलले दिदीसँग बताएका थिए ।जमेलले यसबारे आफूसँग केही नभनेको आमा लियाले बताएकी छन् ।

जमेलले आफू समलिङ्गी रहेको कुरा बताउँदा निकै डराएको देखिएको लियाले बताएकी छन् । आफ्नो सन्तान गुमे पनि यसले बुलिङ्गको असर कस्तोसम्म हुन्छ भन्ने बारे सचेतना आउने आश रहेको लियाले बताएकी छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस