विराटनगर । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गर्न लागेको हो । पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । उनले मुख्य अभियुक्त …
पुरा पढ्नुहॊस »डा. देवकाेटालार्इ नेपाल ल्याइयाे, बाँसबारीस्थित न्यूरोमै थप उपचार हुँदै
काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । विदेशमा त्यति लामाे उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नअाएपछि उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखेर थप उपचार भइरहेको छ । बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो ।तर उनलाई लागेको रोग के हाे यसबारे खुलाइएकाे छैन ।
पुरा पढ्नुहॊस »थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आर्म्ड फोर्सका डिफेन्स फोर्स प्रमुख तन्चाइयान सिसुवान बुधबार नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल भ्रमणमा उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रमसमेत छ । भ्रमणका दौरानमा उहाँले पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थानको …
पुरा पढ्नुहॊस »सुकुम्बासीहरुले अब जहाँसुकै छाप्रो हाल्न नपाइने
सुकुम्बासीहरुले सुकुम्बासीको नाममा अब जहाँसुकै छाप्रो हाल्न नपाइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले अब व्यवस्थित बस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न अब नपाइने बताएका हुन् । ‘अब त्यस्तो चल्दैन । जहाँ पायो त्यहाँ छाप्रो हाल्ने, हामी नागरिक होइनौं हामीलाई हटाउन पाइन्छ ?’ भन्न अब पाइदैन’ ले प्रधानमन्त्री भने । सुकुम्बासी समस्याको समाधान पनि योजनावद्ध ढंगबाट गरिने बताए । …
पुरा पढ्नुहॊस »आज विश्व श्रमिक दिवस
काठमाडौँ ।आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे …
पुरा पढ्नुहॊस »उपयुक्त औद्योगिक सम्बन्ध स्थापित होस्ः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस् भन्ने कामना पनि गरेकी छन् । मजदुर दिवसको अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त …
पुरा पढ्नुहॊस »हिमाल आरोहणमा गएका पर्यटकको मृत्यु
काठमाडौं । धौलागिरि हिमाल आरोहणका लागि गएका एक पर्यटकको मृत्यु भएको छ । १५ जनाको टिमसहित हिमाल आरोहणमा लागि गएका इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । गत शुक्रबारदेखि हराएका सिमोन ला तेर्राको शव शनिबार मात्र फेला परेको थियो ।
पुरा पढ्नुहॊस »कोरियाबाट फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने
काठमाडौँ । पहिले नै दक्षीण कोरिया गएर फर्किएका ३ हजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ।कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए । परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ’, खनालले भने, ‘परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।’परीक्षा इपिएस …
पुरा पढ्नुहॊस »मोरङमा माइक्रोबस दुर्घटना, २ को मृत्यु
मोरङ । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९१९ नम्बरको माइक्रो बस बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७मा दुर्घटनामा हुँदा दुई जनाको मुत्यु भएको छ भने १० जना घाइते भएका छन् । मुत्यु हुनेमा झापा भद्रपुर–१५ कि ५१ वर्षीया उमा निरौला र सोही स्थानकी ५२ वर्षीया श्यामा कार्की छन् । घाइते १० जनामध्ये ५ जनाको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा, ३ जनाको गोल्डेन अस्पतालमा र २ जनाको इटहरीमा उपचार भइरहेको छ ।
पुरा पढ्नुहॊस »फोटो पत्रकारिता दिवसमा प्रभात फेरी
वीरगन्ज। राष्ट्रिय फोटो पत्रकारिता दिवासकोे अवसरमा वीरगन्जमा प्रभातफेरी निकालिएको छ । “सत्य समाचार, फोटो पत्रकारिता नै अन्तिम आधार” नारा अंकित ब्यानर सहित वीरगन्जको घण्टाघर चोकबाट प्रभातफेरी निकालिएको हो । राष्ट्रिय फोटो पत्रकार महासंघ पर्साको आयोजनामा वीरगन्जको घण्टा घर चोकबाट निकालिएको प्रभात फेरी नगरको विभिन्न स्थानतको परिक्रमा गर्दै माइस्थान चोकमा पुगी विर्सजन भएको थियो । फोटो पत्रकार महासंघ पर्साका आध्यक्ष बिजय चौहानको अध्यक्षतामा निकालिएको प्रभात फेरीमा वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष …
पुरा पढ्नुहॊस »