थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आर्म्ड फोर्सका डिफेन्स फोर्स प्रमुख तन्चाइयान सिसुवान बुधबार नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाल भ्रमणमा  उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रमसमेत छ ।

भ्रमणका दौरानमा उहाँले पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थानको भ्रमण गरी यही वैशाख २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री