वीरगन्ज। राष्ट्रिय फोटो पत्रकारिता दिवासकोे अवसरमा वीरगन्जमा प्रभातफेरी निकालिएको छ । “सत्य समाचार, फोटो पत्रकारिता नै अन्तिम आधार” नारा अंकित ब्यानर सहित वीरगन्जको घण्टाघर चोकबाट प्रभातफेरी निकालिएको हो ।
राष्ट्रिय फोटो पत्रकार महासंघ पर्साको आयोजनामा वीरगन्जको घण्टा घर चोकबाट निकालिएको प्रभात फेरी नगरको विभिन्न स्थानतको परिक्रमा गर्दै माइस्थान चोकमा पुगी विर्सजन भएको थियो ।
फोटो पत्रकार महासंघ पर्साका आध्यक्ष बिजय चौहानको अध्यक्षतामा निकालिएको प्रभात फेरीमा वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष एवम् प्रदेश नम्बर २ का विद्यायक ओम प्रकास शर्मा, वीरगन्ज महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जार,महासंघ पर्साका पूर्व अध्यक्षहरु शत्रुधन नेपाल , दिपेन्द्र चौहान,केसि लामिछाने, फोटो पत्रका महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष राम सर्राफ, प्रेस मन्चका केन्द्रिय अध्यक्ष सन्तोष पटेल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोठेमगर, संघीय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल लगायताहरुको सहभागिता रहेको थियो ।




