सुकुम्बासीहरुले सुकुम्बासीको नाममा अब जहाँसुकै छाप्रो हाल्न नपाइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले अब व्यवस्थित बस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न अब नपाइने बताएका हुन् । ‘अब त्यस्तो चल्दैन । जहाँ पायो त्यहाँ छाप्रो हाल्ने, हामी नागरिक होइनौं हामीलाई हटाउन पाइन्छ ?’ भन्न अब पाइदैन’ ले प्रधानमन्त्री भने ।
सुकुम्बासी समस्याको समाधान पनि योजनावद्ध ढंगबाट गरिने बताए । नेपालमा व्यवस्थित शहर नै नभएको भन्दै उनले स्थानीय सरकारहरुले त्यसको पहल गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहॊस