कोरियाबाट फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने

काठमाडौँ । पहिले नै दक्षीण कोरिया गएर फर्किएका ३ हजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ।कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए ।

परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ’, खनालले भने, ‘परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।’परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ। परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस