मोरङ । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९१९ नम्बरको माइक्रो बस बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७मा दुर्घटनामा हुँदा दुई जनाको मुत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मुत्यु हुनेमा झापा भद्रपुर–१५ कि ५१ वर्षीया उमा निरौला र सोही स्थानकी ५२ वर्षीया श्यामा कार्की छन् । घाइते १० जनामध्ये ५ जनाको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा, ३ जनाको गोल्डेन अस्पतालमा र २ जनाको इटहरीमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




