डा. केसीको अनसन २३औँ दिन

काठमाडौँ । डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको आइतबार २३ दिन भएको छ । केही दिन अघि सरकारी पक्ष र डा. केसी समर्थक एकै ठाउँमा भेला भएपनि उनीहरुका आआफ्नै अडानका कारण त्यसले औपचारिक रुप लिन सकेन ।सरकारी पक्षले  आज दिनभर माग सम्बोधनबारे सहमति नगरे डा. केसीको आन्दोलन अहिलेसम्मकै लामो हुनेछ ।

अनशन लम्बिएपछि केसीको स्वास्थ्यमा देखिएको जटिलता थप गम्भीर बन्दै जाने चिकित्सकहरुले बताएका छन् । सरकार उनका मागमा गम्भीर नभएको भन्दै दिनहुँ प्रदर्शन भईरहेको छ ।

जुम्लामा  अनशनरत डा. केसीलाई २० औँ दिनका दिन विहबिार स्वास्थ्य अवस्था जटिल भएको भन्दै सरकारले  सेनाको हेलिकोप्टरमा काठमाडौँ ल्याएको थियो । डा. केसी अहिले पुरानै ठाउँ त्रिवि शिक्षण अस्पतालमै अनसनरत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस