भिसा लागिसकेका कामदारलाई मलेसिया जान दिइने

काठमाडौं । सरकारले मलेसिया जाने भिसा लगागिसकेका कामदारलाई नरोक्ने भएको छ । यो निर्णयसँगै  ४ सयभन्दा बढी  नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । यो निर्णय मन्त्रालयले विज्ञप्ति नै निकालेर आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

मलेसियाली दूतावासबाट राहदानीमा सक्कल भिसा (पासपोर्ट स्ट्याम्पीङ्)भईसकेर अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । तर, त्यो जेठ २ गते अघि भिसा लागेकाहरुको हकमा मात्रै हो । श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति लिएपछि मात्रै कामदारले मलेसिया जान पाउँछन् ।

सरकारले जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा हुने असुली रोक्न दबाव दिने र कारवाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबैखाले कामदारको श्रम स्वीकृति रोकेको थियो । यसका कारण पैसा तिरेर पनि विदेश जान नपाउँदा केही कामदार थप पीडित भएको गुनासो आएको थियो । तर, भिसा प्रक्रिया पुरा गरिसकेका कामदार पनि यही जान पाएका थिएनन् । भिसा लगोका कामदारलाई अन्तिम श्रम स्वीकृति दिएर जान दिन व्यवसायीले माग गर्दै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री