अपशब्द प्रयाेग गरेका कानुन मन्त्रीले माफी मागे

काठमाडौँ । बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुलार्इ अपशब्द प्रयाेग गरेका मन्त्रीले विज्ञप्ति निकालेर माफी मागेका छन् । आफूले गरेको विवादास्पद टिप्पणीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले अार्इतबार माफी मागेका हुन् । आइतवार एक विज्ञप्ति जारी गर्दै उनले माफी मागेका हुन् । विदेश पढ्न तथा रोजगारीका लागि जाँदा कुनै पनि नेपाली महिला यौनजन्य हिंसामा पर्न नहुने आफ्नो आशय रहेको भन्दै तर अर्को अर्थ लाग्न पुगेको उनले वताएका छन् ।

आफूले साेही कुरा सकारात्मक आशयले राख्न खोजे पनि बंगलादेशमा पढ्न गएका नेपाली चेलीहरुमाथि चोट परेकाले माफी मागेको उल्लेख गरेका छन् । ‘मेरो भनाइले बंगलादेशमा डाक्टर पढिरहेका नेपाली युवतीको भावनामा पुग्न गएको चोटप्रति माफी माग्छु’, उनले भनेका छन्,। 

मन्त्री तामाङले शुक्रबार चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा बंगलादेशमा पढ्न जाने युवतीहरु यौन शोषणमा पर्ने गरेको दाबी गरेका थिए । भिडियो सन्देशसँगै आइतबारै उनले विज्ञप्ती निकालेर पनि माफी मागेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस