श्रावणको पहिलो सोमबार डोलेश्वरमा भक्तजनको भीड

भक्तपुर । श्रावणको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ ।

भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् ।

मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए । २०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा मन्दिर प्राङ्गणमा श्रावण १ गतेबाट ३७ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए ।

३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए ।

यसैगरी भक्तपुरका दत्तात्रय मन्दिर, आशापुरेश्वर(आशापुरी) मन्दिर, साँगाको कैलाशनाथ मन्दिर लगायतका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।

मोहन सिपाडोल

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस