समाचार

नेकपा एकता प्रदेशमा किचलो

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु भएको छ। टुंगो लागिसकेको प्रदेश सदस्यको नामावलीमा शीर्ष नेताले आफूअनुकूलका नेताको नाम थप्ने र काट्न थालेसँगै स्थायी कमिटीका सदस्यको दबाबका कारण सो नामावली सार्वजनिक हुन नसकेको खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्। गत बुधबारको सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो । टुंगो लागेको नामावली बिहीबार सार्वजनिक गर्ने पार्टी प्रवक्ता एवं …

पुरा पढ्नुहॊस »

आमालाई पनि वंश मान्न सांसदको दबाब

काठमाडाैं । महिला सांसदले नागरिकता वितरण प्रक्रियामा आमालाई पनि वंश मान्नुपर्ने आवाज उठाएका छन्। वंशज नागरिकतामा पितालाई मात्रै महत्त्व दिइएको प्रति उनीहरूको आपत्ति छ। यो खबर आजको कान्तिपुरले छापेको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ को संशोधन विधेयकमाथि छलफलमा महिला सांसदले ‘वंश भनेको बाबु मात्रै हो, आमाको होइन’ भन्ने मानसिकताबाट मुक्त भएर नयाँ नागरिकता ऐन संशोधन गर्न सुझाए । प्रस्तावित विधेयकमा आमाको नामबाट नागरिकता बनाउँदा बाबुको …

पुरा पढ्नुहॊस »

विश्व एड्स दिवस : एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ

काठमाडौं । ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ ३१ औँ विश्व एड्स दिवस मनाँंदैछ ।  यो दिवसलाई एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ । विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी …

पुरा पढ्नुहॊस »

निर्मलाको न्यायका लागि टाँसिएको पोष्टर प्रहरीले नै च्यातेपछि…

काठमाडाैं । निर्मला पन्तका लागि न्याय माग गर्दै काठमाडौका विभिन्न ठाउँमा टाँसिएको पोस्टर प्रहरीले च्यातेको छ । ‘निर्मलालाई न्याय देऊ’ लेखिएको उक्त पोस्टर टासिएका काठमाडौंको सार्वजनिक ठाउँमा गई प्रहरीले च्यातेको हो । निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो । पोस्टर टाँसेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको …

पुरा पढ्नुहॊस »

काबुल आक्रमणमा ११ नेपाली घाइते

काठमाडाैं । अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा परी  ११ नेपाली घाइते भएका छन् । काबुल आक्रमणमा १० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका थिए । घाइते हुनेमध्ये ११ नेपाली रहेको अफगान सरकारले पुष्टि गरेको छ । ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत नेपालीहरु आक्रमणमा परी घाइते भएका हुन् । नेपालमा रहेका घाइतेका परिवारलाई कम्पनीले जानकारी दिइसकेको छ । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ …

पुरा पढ्नुहॊस »

पाँच महिनादेखि तलब नदिएको भन्दै शिक्षक आन्दोलनमा

काठमाडाैं । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ। नगरपालिकाले विगत पाँच महिनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो। नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन्। आफूहरुले पटक–पटक नगरपालिकामा समस्या राखे पनि सुनुवाइ नभएकाले ‘पेनडाउन’ गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन्। उधारोमा धेरै काम …

पुरा पढ्नुहॊस »

टीकापुरमा किशोरी मृत भेटिइन्, हत्या कि अात्महत्या?

काठमाडाैं । टीकापुर नगरपालिका-१ ब्लक नम्बर १६ मा १६ वर्षीया  पूजा थापा मृत अवस्थामा भेटिएकी छन् । मावली घरमा बज्यै तुलसी रावलसँगै बस्दै  कक्षा १२ मा अध्ययन गरिरहेकी थापा बिहीबार बिहान १० बजेतिर टीकापुरको ब्लक नं. १२ मा हजुरआमालाई भेटन गएकोमा शुक्रबार बिहान  मृत फेला परेकी हुन् । उनी बस्ने घरदेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधीन घरको नजिकै खुल्ला चौरमा शव रहेको र किशोरीको मोबाइल, ज्याकेट चप्पल उक्त …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ । शुक्रबार (अाज) देखि काठमाडाैंमा सुरु हुने एसिया प्याशिफिक सम्मेलनका लागि नेपाल अाएकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ । राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएकाे थियाे । भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएकाे बताइएकाे छ । युनिभर्सल पीस फेडेरेसनले अायाेजना गरेकाे उक्त सम्मेलन काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म हुँदैछ । सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । विदेशी पाहुनाहरुको …

पुरा पढ्नुहॊस »

चौतर्फि विरोधपछि आजैबाट हट्यो जोर-विजोर प्रणाली

काठमाडाैं । काठमाडौं उपत्यकामा मंसिर १३ गते देखि १६ गते सम्म लागु भएको जोर-विजाे प्रणाली हटेकाे छ । गृहमन्त्रालयले विज्ञप्ति निकालेर बिहान ११ः ३० बजेबाट जोर- विजोर प्रणाली हटाइने जानकारी दिएको हो । विवादास्पद गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा लागि सर्वसाधारणलाई सास्ती दिएको भन्दै स्वस्र्फुत बिरोध भएपछि गृहमन्त्रालयले जोरबिजोर हटाएको हो ।

पुरा पढ्नुहॊस »

जलवायु परिवर्तनले संसारभरका मानिस उच्च तापको जोखिममा

काठमाडाैं । जलवायु परिवर्तनले विश्वभरका मानिस अत्यधिक तापको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनले मुटु तथा किड्नी रोगको खतरा बढेको, तनाव बढाएको र अन्य तापसँग सम्बन्धित मृत्यु निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । वैज्ञानिकहरूल बिहीबार एक अनुसन्धान सार्वजनिक गर्दैै जलवायु परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष असर गरेको बताएका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । विश्वव्यापी तापक्रम वृद्धि सहरका बासिन्दा र दीर्घरोगीका लागि बढी जोखिमपूर्ण रहेको अध्ययनमा जनाइएको …

पुरा पढ्नुहॊस »