काठमाडाैं – एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ। समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ। त्यसपछि उनीहरू मुन परिवारको अंग बन्ने संभावना रहने’ आयोजकको दाबी छ भनेर आजको कान्तिपुरदैनिकमा घनश्याम खड्काले खबर लेखेका छन्। ‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका …
पुरा पढ्नुहॊस »एसिया प्यासिफिक समिटः आयोजक क्रिश्चियन धर्मप्रचारक संस्था
काठमाडाैं । काठमाठौंमा शुक्रबारदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मप्रचारक संस्था हो। सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए। व्यापारमा समेत संलग्न उनले दशकौंदेखि धर्म प्रचार गर्दै आएका थिए। सन् २००५ मै यो संस्था नेपाल आएको हो। नेपालका संस्थापक अध्यक्ष सुरेशराज आचार्य थिए भने अहिले एकनाथ ढकाल छन्। परिवार दलबाट दुवै संविधानसभामा प्रतिनिधित्व गरेका ढकाल मन्त्रीसमेत भएका थिए। …
पुरा पढ्नुहॊस »इतिहासमै पहिलोपटक ठूलो संख्यामा ११२ सैनिक बर्खास्त
काठमाडाैं । नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने तीन मेजर (सेनानी) सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ। पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका तीन मेजर र अन्य दर्जाका आठसहित १ सय १२ सैनिक बिहीबार बर्खास्त भएका हुन्। एक उपरथीकाअनुसार नेपाली सेनाको इतिहासमा एकैपटक यति धेरै सैनिक अधिकृत तथा जवान बर्खास्त भएको यो पहिलो घटना हो। मातृका दाहालले लेखेको यो खबर आजको कारोबार दैनिकबाट लिएका …
पुरा पढ्नुहॊस »धूम्रपानको कुलतबाट छुटकारा पाउन यसो गरौं
काठमाडाैं । धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो सबैलाई थाहा भएकै कुरा हो । तर, शिक्षित मानिस नै धूम्रपान गरिरहेका भेटिन्छन् । चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यलाई हानि पुर्याउने रसायन पाइन्छ । -वेला–वेला तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस् । -तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस् । -आफूलाई सकेसम्म व्यस्त राख्नुहोस् । दिमाग एकोहोरो भएका वेला धूम्रपान गर्न …
पुरा पढ्नुहॊस »कांग्रेस जिल्ला सभापति भेलामा ३८ बुँदे घोषणापत्र जारी (पूर्णपाठ)
काठमाडाैं । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको ककनीमा भएको भेला ३८ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । दुई दिने सो भेलाले पार्टीको प्रस्तावित विधान मस्यौदाबारे २४ र समसामयिक राजनीतिका विषयमा १४ वटा गरी ३८ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए । घोषणापत्रमा पार्टीको जिल्ला, प्रदेश र सङ्घीय संसदीय बोर्डले क्रमशः स्थानीय, प्रदेश र सङ्घीय तहको उम्मेदवारको निर्धारण गर्ने, साधारण र क्रियाशील सदस्यता …
पुरा पढ्नुहॊस »काठमाडौंमा ८ वर्षीय बालकको अपहरणपछि हत्या
काठमाडौं । काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जनाएको छ।प्रहरीले अपहरणपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पुरा पढ्नुहॊस »काठमाडौंमा कारको ठक्करबाट १२ घाइते
काठमाडाैं । काठमाडाैंको सुन्धारामा कारको ठक्करबाट १२ जना घाइते भएका छन्। नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया, जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेको प्रहरीले बताएको छ ।उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
पुरा पढ्नुहॊस »चलचित्र ‘गरुड पुराण’ को नयाँ गीत ‘म त पिरिममा…’ को भिडियो रिलिज
काठमाडाैं । चलचित्र ‘गरुड पुराण’ को नयाँ गीत ‘म त पिरिममा…’ को भिडियो रिलिज भएको छ । चलचित्रमा प्रियंकासँगै नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रवीण खतिवडासहित विभिन्न कलाकारको अभिनय छ ।
पुरा पढ्नुहॊस »म्यानमारकी नेतृ सुकी र कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा
काठमाडौं ।काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागी हुन म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी काठमाडौं आइपुगेकी छन्। यसै गरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन्। विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदैछन्। भोलि (शुक्रबार) मंसिर १४ गतेदेखि १७ गते सम्म काठमाडौमा एसिया प्यासिफिक समिट हुदैछ ।
पुरा पढ्नुहॊस »एसइई परीक्षा चैत्र १० गते देखि सुरु हुने
काठमाडाैं । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले समयतालिका सार्बजनिक गरेको हो ।
पुरा पढ्नुहॊस »