काठमाडाैं । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन । ‘धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दुःखद हो, यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘त्यसैले …
पुरा पढ्नुहॊस »साँझ ‘हामीलाई सुरक्षा दिनुस्’ भन्दै घर छिरेकाले मध्यराती हतियार देखाएर सर्वस्व लुटेर लगे
काठमाडाैं । साँझ ७ बजेतिर ३ जना युवा ‘हामीलाई बचाइदिनुस्, सुरक्षा दिनुस्’ भन्दै भरतपुर ८ गौरीगन्ज ज्योतिष टोलस्थित तारानाथ सुवेदीकोे घरमा पसे। घरधनीले आपत् परेको होला भनेर आश्रय दिए । राति १० बजेपछि जाने भन्दै उनीहरूले सोही घरमा खाना पनि खाए । आश्रय दिएकै युवा लुटपाट गरी फरार भए। ७ मंसिरमा सुवेदीको घरबाट २ लाख नगदसहित ७ लाखबराबरको धनमाल लुटपाट भएको छ। मोटरसाइकलसमेत लुटेराले लगेकामा भोलिपल्ट भोजाडमा भेटिएको चितवन प्रहरी …
पुरा पढ्नुहॊस »पार्टीमा अल्पमतमा पर्दै ओली, शक्तिशाली बन्दै गएका प्रचण्डलाई पूर्व एमालेका नेताकोसमेत साथ
काठमाडाैं । दुई तिहाई बहुमतसहितका प्रधानमन्त्री, देशका दुई ठूला वाम दलको एकतापछि बनेका नेकपाका शक्तिशाली अध्यक्ष अनि संसदीय दलको नेता। यी पदीय हैसियतले केपी ओलीलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनायो। तर, पछिल्लो समय प्रधानमन्त्री ओली सत्तारुढ नेकपाको आन्तरिक समिकरणमा भने अल्पमतमा परेका छन्। ओली अल्पमतमै परेका कारण स्थायी र केन्द्रीय समिति बैठक विधानअनुसार बसेन नै, स्थायी समिति र केन्द्रीय सदस्यहरुले माग गर्दासमेत बसेको छैन। सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र हावी …
पुरा पढ्नुहॊस »मलेसियामा नेपाली मजदुर ३६ घन्टा काम गर्न बाध्य, उजुरी गर्दा यातना
काठमाडाैं । मलेसियाको एक कम्पनीले तीन सय नेपाली कामदारलाई लगातार ३६ घन्टासम्म काम गर्न बाध्य पारेको खुलेको छ। नेपालीलाई स्कुडाई जोहरबारुस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी कम्पनीले करिब तीन सय नेपाली कामदारलाई अमानवीय रूपमा काम गर्न बाध्य पारेको हो । समस्यामा परेका सबै कामदार सेक्युरिटी गार्डको काम गर्न गएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्। ‘यहाँ हामी लगातार ३६ घण्टासम्म काम गर्न बाध्य छौं,’ बाँके घर भएका एक …
पुरा पढ्नुहॊस »अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षाः सय नम्बर नल्याए लाइसेन्स खारेज
काठमाडाैं । डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ । सय …
पुरा पढ्नुहॊस »कसरी हुन्छ आँखामा जलबिन्दु ? यसरी बचौँ जलबिन्दुबाट
काठमाडाैं । जलबिन्दु आँखासम्बन्धी रोग हो। यो रोग ४० वर्षभन्दा वढी उमेरका मानिसमा वढी देखिने गर्छ। समयमै उपचार नगराएको अबस्थामा जलबिन्दुकै कारण दृष्टिविहीनसमेत हुनसक्छ। मधुमेह वा उच्च रक्तचापका विरामी पनि यसको जोखिममा हुने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। कतिपयलाई वंशानुगत समस्याको कारणले पनि जलविन्दुको समस्य हुने गर्छ। आँखामा भएको जलविन्दुबारे कहिलेकाही जानकारी नहुन पनि सक्छ। एक्कासी आँखा बन्द भएपछि मात्र थाहा पाउन सकिन्छ। त्यसैले समय समयमा आँखा परीक्षण गराउनुपर्छ। …
पुरा पढ्नुहॊस »शान्ति स्थापनाको लागि पहल गरिरहेका छौं : सुकी
काठमाडाैं । म्यानमारकी स्टेट काउन्सिलर आङ साँङ सुकीले शान्ति स्थापनाको लागि सरकारले पहल गरिरहेको बताएकी छन् । एसिया प्यासिफिक समिटलाई सम्बोधन गर्दै सुकीले यसको लागि विश्व समुदायले सहयोग गर्ने अपेक्षा राखिन् । उनले एसिया प्रशान्त क्षेत्रले यतिबेला ब्यापारका विभिन्न चुनौतिहरु समाना गरिरहेको बताइन् । विश्व अन्तनिर्भर भइरहे पनि विश्व यस्ता समस्यामा जुधिरहेको उनले बताइन् ।
पुरा पढ्नुहॊस »क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने महिला पक्राउ
काठमाडाैं । क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग एक करोड ३७ लाख रूपैयाँ ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग २२ लाख, दोलखाका सुदीन खड्कासँग २७ …
पुरा पढ्नुहॊस »एशिया प्रशान्त सम्मेलन शुरु, यस्तो आयो प्रधानमन्त्रीको सम्बोधन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् । आजदेखि काठमाडाैंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन-२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन …
पुरा पढ्नुहॊस »दार्चुलाका विद्यार्थीले ड्रोन क्यामरा बनाएर उडाए
दार्चुला । महाकाली नगरपालिका- ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ–नयाँ प्रयोग गर्दै आएकाले अहिले चर्चामा छन् । विज्ञान विषयअन्तर्गत उनले बम डिस्पोजलको सफल परीक्षणपछि अहिले स्थानीय सामग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएका छन् । आफ्नै विद्यालयमा भएको शैक्षिक सामग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि उनले सबैको …
पुरा पढ्नुहॊस »