[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । दार्चुलामा शुक्रबार बिहानै जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालले शैल्यशिखर– ५ लेकगाउँका ३० वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।
त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको डीएसपी दाहालले जानकारी दिएका छन् । ‘मृतक दुई जना भने भारतीय नागरिक छन्,’ डीएसपी दाहालले भने, ‘यूपी (उत्तर प्रदेश) बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ ।’ डीएसपी दाहालका अनुसार वीरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिकृया दिनुहॊस