पर्सा । ठोरी गाउँपालिकामा शनिबार बिहान हात्तीको आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको ज्यान गएकाे हो । ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले आउने जाने बाटोमा हात्तीले प्रयोग गर्ने फार लेनमै बसेको अवस्थामा …
पुरा पढ्नुहॊस »मनिषा कोइरालाको आत्मवृत्तान्त सार्वजनिक हुँदै
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ आगामी पुसमा बजारमा आउने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाले पुस्तक पुसमा आयोजना हुने लिटिरेचर फेस्टिभलमा विमोचन गरिन लागेको जानकारी दिइन् । ‘मेरो जीवनको एक पाटो हिल्ड पुस्तकमा समेटिएको छ’ ‘क्यान्सर भएर मृत्यु नजिक र त्यसबाट मुक्ति पाउँदाको अनुभव पुस्तककमा समेटिएको छ।’ नेपालका लागि पुस्तक फाइनप्रिन्टले बजारमा ल्याउन लागेको हो ।
पुरा पढ्नुहॊस »दाङ दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३ पुग्यो
दाङ । दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको छ । ज्यान गुमाउनेमा ४ महिला र १९ पुरुष रहेका छन् । घटनास्थलमै २२ जनाको ज्यान गएको हो भने थप एकजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अस्पतालमा मृत्यु हुनेमा जुम्लाका बिरेन्द्र कण्डारा रहेका छन् । दुर्घटनामा ज्यान गुुमाउने मध्ये १४ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा कचनपुरका खेमराज भट्ट, घोराहीकी कविता खत्री, घोराहीकै विजय …
पुरा पढ्नुहॊस »रसुवागढी नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्यो
रसुवा । रसुवागढी नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो नाका हुँदै अघिल्लो वर्षको तुलनामा यस वर्ष आठ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । गतवर्ष यो नाका हुँदै २० हजार पर्यटक नेपाल भित्रिएका थिए । तर, सन् २०१८ को जनवरीदेखि नोेभेम्वर अन्तिमसम्ममा २८ हजार पर्यटक नेपाल भित्रिएको रसुवागढी अध्यागमन कार्यालयका अधिकृत विष्णु घर्तीले जानकारी दिए । पछिल्लो एक महिनामा ४० देशका १ हजार २ …
पुरा पढ्नुहॊस »सात वर्षका बालक महिलाको बन्द कोठामा मृत भेटिए
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले हत्या गरेको आशङ्कामा उनलाई मेलम्ची …
पुरा पढ्नुहॊस »नेवार समुदायले योमरी पुन्ही मनाउँदै, किरातहरु उधौलीमा रमाउँदै
काठमाडौं । नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै छन् । धान्यपूर्णिका दिन मनाइने नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकाररुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ …
पुरा पढ्नुहॊस »ललितपुरको लाकुरीभञ्याङमा पेस्तोल पड्किदाँ प्रहरी जवान घाइते, असइ नियन्त्रणमा
काठमाडाैँ । ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा पेस्तोल सफा गर्ने क्रममा पड्किदा प्रहरी जवान घाइते भएका छन् । शुक्रबारराती असइ रमेश तामाङले बोक्ने गरेको पेस्तोल पड्किदाँ प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् । विपत ब्यवथापन विभागमा कार्यरत श्रेष्ठ गाउँले साथीलाई भेट्न लाकुरीभञ्याङ गएका थिए। उनीहरु दुवै जना दोलखाका हुन। पेस्तोल पड्किदाँ श्रेष्ठको वायाँ गालाबाट छिरेको गोली दायाँ गालाबाट निस्केको छ। असइ तामाङले भुल बस गोली चल्न गएको बताएका छन् । …
पुरा पढ्नुहॊस »एनएमबी माइक्रोफाइनान्समा विभागिय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । विभागीय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग
गलेश्वर । घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट रु दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो । सो रकम शुक्रबार युके–पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र …
पुरा पढ्नुहॊस »नेपाली कामदारलाई अझै खुलेन मलेसिया
काठमाडाैँ । बेलौरी–७ कञ्चनपुरका मोहन चौधरीलाई उखु काट्न भ्याइनभ्याइ छ । उखु मिल पुर्याउने समय हो यो । पाँच कट्ठा जग्गामा लगाएका छन्। आफ्नो जग्गा होइन, अरूकैमा खेती गरेका । सोचेजस्तो हुन्थ्यो त यतिखेर चौधरी मलेसियामा मोबाइलका पार्टपुर्जा बनाइरहेका हुन्थे । महिनाको १५ सय रिंगेट गोजीमा आउँथ्यो। ‘हातमा भिसा थियो । पठाउन म्यानपावर तयार । कम्पनी पनि राम्रो। दुर्भाग्य भनौं कि समयको खेल, सरकारले त्यही बेला मलेसिया जान बन्द गरिदियो,’ २३ वर्षे चौधरीले सुनाए । उनी अझै …
पुरा पढ्नुहॊस »