निर्मलाको न्यायका लागि टाँसिएको पोष्टर प्रहरीले नै च्यातेपछि…

काठमाडाैं । निर्मला पन्तका लागि न्याय माग गर्दै काठमाडौका विभिन्न ठाउँमा टाँसिएको पोस्टर प्रहरीले च्यातेको छ । ‘निर्मलालाई न्याय देऊ’ लेखिएको उक्त पोस्टर टासिएका काठमाडौंको सार्वजनिक ठाउँमा गई प्रहरीले च्यातेको हो ।

निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो ।

पोस्टर टाँसेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पूरा भए पनि सरकारले दोषी पहिचान गरी पक्राउ गर्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप