काठमाडाैं । बागलुङमा करिब दुई सय महिलाले सडकमा सुतेर कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई कारबाही माग गरेका छन्। चिसो भुइँमा करिब एक घण्टा सुतेर गरिएको दबाब कार्यक्रममा १५ वर्षीया किशोरीदेखि ७० वर्षीया बृद्धासम्म सहभागी थिए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। टाउकोमा कालोपट्टी बाँधेर उनीहरुले निर्मला पन्तको फोटोसहितको पोष्टर छातीमा टाँसेका थिए।
पुरा पढ्नुहॊस »एसिया समिटले नेकपामा तिब्र असन्तुष्टिः नेतृत्वले राष्ट्रिय हित र कुटनीतिक मर्यादाको ख्याल नगरेको आरोप
काठमाडाैं । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ। विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थकोमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन,’ नेता भीम रावलले ट्वीट गर्दै …
पुरा पढ्नुहॊस »मलेसियामा रोजगारीः मन्त्री विष्टलाई प्रभावमा पार्न व्यवसायीको चलखेल
काठमाडाैं । श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टलाई प्रभावमा पारेर अबसरको फाइदा लिन केही व्यवसायीले चलखेल थालेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्। कारबाही गरेका संरचनामा आफ्नो ठाउँ खोज्न तिनले दबाब दिने गरेको श्रोतले बतायो। मन्त्री विष्टले पुराना व्यवसायीको ठाउँमा नयाँ व्यवसायी भित्र्याउन चाहेका श्रम मन्त्रालय श्रोतले जनाएको छ।
पुरा पढ्नुहॊस »२८ महिनामा लगानीकर्ताले सवा ७ खर्ब गुमाए
काठमाडाैं । पछिल्लो २८ महिनामा सेयर बजार परिसूचक (नेप्से) करिब ४० प्रतिशतले घटेर आइतबारसम्ममा ११३.८९ अंकमा झरेको छ। यो अबधिमा परिसूचक ७५१ प्रतिशतले घटेको छ। जबकि ०७३ साल साउन १२ मा नेप्से १८८१ अंकमा पुगेको थियो। सूचीकृत कम्पनीको न्यून लाभांश तथा बैँकिङ प्रणालीको ब्याजदरमा कमी नआएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको जानकारहरु बताउँछन्। यो खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्। विगत २८ महिनालाई फर्केर हेर्ने हो भने …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीको निर्देशन धज्जी उडाउँदै कर्मचारी विदेश घुमेको घुम्यै
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले अनावश्यक विदेश भ्रमण रोक्न पटक–पटक दिएको निर्देशन अटेर गर्दै केही कर्मचारी घुमघाममा व्यस्त छन्। आफ्नो जिम्मेवारीसँग असम्बन्धित विषयमा विदेश सयर गर्ने क्रम नरोकिएपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता कर्मचारीको सूची बनाउन थालेको छ। यो खबर कान्तिपुरले छापेको छ। नयाँ आर्थिक वर्ष सुरु भएयताका चार महिनामा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी विदेश गएका छन्। सामान्यबाट मंसिर १ मा १८ कर्मचारी कोरिया भ्रमणमा गएका छन् …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ । होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो । अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ । प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरेका छन् । सुशासनबाटै समृद्धि सम्भव प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताए …
पुरा पढ्नुहॊस »नेपाल अझै इयुको कालोसूचीमा
काठमाडाैं । यूरोपिएन युनियन (इयु) ले नेपालका विभान कम्पनीहरूलाई ठूलो झड्का दिएको छ । उड्डयन अधिकारहरूको दाबीविपरित इयुले नेपालका विमान कम्पनीहरूमाथि वर्षौंदेखि लगाउँदै आएको कालो-सूची कायमै राखेर ठूलो झड्का दिएको हो । याेसँगै नेपालका सबै वायु सेवा कम्पनीलाई युरोप उडानमा लागेको प्रतिबन्धले निरन्तरता पाएको हाे । ईयूले नेपालमा उड्डयन सुरक्षा अवस्थामा सुधार नभएको उल्लेख गर्दै पुस २०७० देखि लगाएको प्रतिबन्धलाई कायम राखिएको छ । ईयूले नेपालसहित २८ मुलुकका विमान कम्पनीलाई युरोप …
पुरा पढ्नुहॊस »मानवअधिकार तथा शान्ति समाजको सभापतिमा पुडासैनी निर्वाचित
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद् बैठकले उत्तम पुडासैनीको सभापतित्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । केन्द्रीय कार्यसमितिको वरिष्ठ उपसभापतिमा गोविन्द खनाल, उपसभापतिमा विष्णुप्रसाद चापागाईं, महिला उपसभापतिमा रेणुका पौडेल, महासचिवमा सुशिल बस्नेत चयन भएका छन् । सचिवमा प्रदेश १ बाट चन्द्र आङदम्बे, प्रदेश २ बाट अनन्त कोइराला, प्रदेश ३ बाट बाबुहरी आचार्य, गण्डकी प्रदेशबाट श्यामसुन्दर पराजुली, प्रदेश ५ बाट कृष्णबहादुर रावल, कर्णाली प्रदेशबाट पुष्पा मल्ल …
पुरा पढ्नुहॊस »चितुवाले १७ दिनमा दुई बालक मार्यो, स्थानीय त्रसित
तनहुँ । तनहुँको भानुमा १७ दिनको अवधिमा चितुवाको आक्रमणबाट दुई बालकको मृत्यु भएको छ। चितुवाको आक्रमणबाट चार वर्षीय बालकको मृत्यु भएको १७ दिनपछि शनिबार राती १० वर्षीय अर्का बालकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ। भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय बालक अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी …
पुरा पढ्नुहॊस »तनहुँमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
काठमाडाैं । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको घिरिङ गाउँपालिका-३, सिलिङमा शनिबार राति ११ बजे ना ६ त ६८६० नम्बरको ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो। दुर्घटनामा ट्याक्टर चालक भीमाद नगरपालिका-१ का २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका-३ का ३६ वर्षीय शुकबहादुर विकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको उक्त ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै …
पुरा पढ्नुहॊस »