विश्व च्याम्पियन अर्जेन्टिना पराजित, रोकियो ब्राजिल

काठमाडौं – विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पराग्वेसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा पराग्वेले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा एन्टोनियो सानाबरिया र ओमार अलडेरेटेले एक एक गोल गरेका थिए । अर्जेन्टिनाका लागि एक गोल लाउतारो मार्टिनेजले गरेका थिए । यो विश्वकप छनौटमा अर्जेन्टिनाको तेस्रो हार हो ।

हारपछि पनि अर्जेन्टिनाको ११ खेलमा २२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पराग्वेको यो जितपछि ११ खेलमा १६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ ।यसअघि ब्राजिलले भेनेजुएलासँग १-१ को बराबरी खेलेको थियो । खेलको ४३औं मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले अग्रता हासिल गरेपनि खेलको ४६औ मिनेटमा टेलास्को सेगोभियाको गोलमा भेनेजुएलाले बराबरी गोल गरेका थिए ।

यो बराबरीपछि ब्राजिलको ११ खेलमा १७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । भेनेजुएलाको ११ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया छनोटमा आयोजक यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो । सन् २०२२ को छनोटमा नेपाल तेस्रो भएको थियो । यसपालि भने नेपालले उक्त प्रदर्शनमा सुधार गर्दै इतिहास रच्यो ।

प्रतिकृया दिनुहॊस