समाचार

गच्छदार कांग्रेस उपसभापति मनाेनित, महासमिति बैठक सर्‍याे

काठमाडाैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलार्इ पार्टीकाे उपसभापतिमा मनाेनित भएका छन् । २०७४ सालको निर्वाचन अगाडि आफू नेतृत्वको मधेसी जनअधिकार लोकतान्त्रिक पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएका उनलार्इ मंगलबार उपसभापति मनोनित गरिएकाे हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापति बनाउने निर्णय गरेकाे हाे । गत चुनावअघि फोरम लोकतान्त्रिक सर्वसम्मत रूपमा कांग्रेसमा बिलय भएकाे थियाे । बैठकले महासमिति बैठक मंसिर २८ देखि मंसिर ३ …

पुरा पढ्नुहॊस »

पटका पट्काउँदै हुनुहुन्छ? होसियार प्रहरीको फन्दामा परिएला नि

काठमाडाैं । हिन्दुहरूको चाड तिहार सुरु भएसँगै प्रहरीले तिहारको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यस्थासमेत अपनाइसकेको छ । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, पटका पड्काउने र होहल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसारसम्मको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले कहीकतै पटका, भुइचम्फालगायतका विस्फोटक पदार्थ पट्काउने तथा बिक्री वितरण गर्नेलाई तत्काल कारबाही गर्ने सिभिल प्रहरी परिचालन गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए । …

पुरा पढ्नुहॊस »

काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियसमा झर्‍याे

काठमाडाैं । मंगलबार काठमाडौंको तापक्रम यस वर्षकै कम भएको छ । काठमाडौंमा बिहान तापक्रम ७ डिग्री सेल्सियसमा झरेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमडौंको तापक्रम ८ डिग्री सेल्सियस थियो । मौसम सफा भएकाले यस वर्ष विगतका वर्षहरूमाभन्दा छिटै देशभरीकै न्यतापक्रम घटेको मौसमविद्ले बताएका छन् । राति मौसम सफा हुँदा जमिन चिसो हुने भएकाले तापक्रम घट्ने मौसमविद् वरुण पौडेलले बताए ।

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् बैठकका एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । आज बस्ने बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ । बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गर्ने बताइएको छ । नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई संघीय ढाँचामा लैजानका लागि विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बैठकमा विधान मस्यौदा प्रस्तुत हुने, महासमितिको बैठक केही दिन पर सार्ने र नेपाल …

पुरा पढ्नुहॊस »

५० हजारको लोभले बेचिन्छन् नेपाली चेली

काठमाडाैं । २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन्। दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए। दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शंकरप्रसाद खनालले लेखेका …

पुरा पढ्नुहॊस »

यी हुन् नेपालका तीन शीर्ष प्रदूषित शहर

काठमाडाैं । नेपालको सहरमध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ। विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्। पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण अनुगमन तथा नियन्त्रण शाखाले जनाएको छ । शाखाकी वातावरण निरीक्षक सुनिता खनालका अनुसार …

पुरा पढ्नुहॊस »

फेरियो देउसी खेल्ने शैलीः देउसी खेल्ने सोध्छन् वाइफार्इ पासवर्ड

काठमाडाैं । तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो। तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो?’ सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा …

पुरा पढ्नुहॊस »

‘साइकलमन्त्री’ लालबाबुमा यति धेरै गाडी मोह !

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए–सवारी साधनको नाममा पुरानो साइकलमात्र । त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो। यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलव्ध गराएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्। …

पुरा पढ्नुहॊस »

डोल्पा जीप दुर्घटना अपडेट : मृतक सबैको परिचय खुल्यो

कालिकोट । डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ दुखद घटना घटेको छ ।  सोमबार डोल्पामा भे १ च १६१० नंम्बरको जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । डोल्पाली जनतालाई सुविधा दिनको लागि हेलिकप्टरबाट ल्याएर सञ्चालनमा ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफाल सञ्चालित थिए । १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जीप करिब २ बजेर ३० मिनेटमा ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने …

पुरा पढ्नुहॊस »

आज तिहारको दोस्रो दिन, कुकर तिहार मनाइँदै

काठमाडौं । यमपञ्चकको दोस्रो दिन कुकुरतिहार । कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको पं.बालमुकुन्द देवकोटा बताउँछन् । मालिकप्रति बफादार रहने, …

पुरा पढ्नुहॊस »