काठमाडाैं । अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा परी ११ नेपाली घाइते भएका छन् । काबुल आक्रमणमा १० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका थिए । घाइते हुनेमध्ये ११ नेपाली रहेको अफगान सरकारले पुष्टि गरेको छ । ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत नेपालीहरु आक्रमणमा परी घाइते भएका हुन् ।
नेपालमा रहेका घाइतेका परिवारलाई कम्पनीले जानकारी दिइसकेको छ । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ ।
जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ। जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।
तपाईंको प्रतिकृया




