आर्थिक

‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक

काठमाडौं । ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको प्रोडक्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस रहेको छ । यो प्याकेज मार्फत इन्टरनेटको ब्याण्डविथ थपगर्ने मात्र नभएर ग्राहकलाई उनीहरुले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । साथै ,कम्पनीले यस योजनामा पाँच नयाँ सेवा ‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाईफाई’ र ‘डिस्काउन्ट एप’ थप गरेको छ । वल्र्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ । …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा कान्तिबाल अस्पताललाई सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कान्तिबाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डका लागि आवश्यक डर्मेटोम मसिन एवं खाद्य सामग्रीहरु बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रूपमा कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछकुमार यादव, रविन नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रलगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको भन्दै बेकले यसै क्रममा कान्तिबाल …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनीका सीईओ रायामाझीले राजीनामा दिए

काठमाडाैँ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी कात्तिक २० गते नै राजीनामा दिएका हुन् । रायमाझीले अर्थमन्त्रालयको दबाबमा राजीनामा दिएको बताइएको छ । अर्थमन्त्रालयले उनको राजीनामा पत्र मगाएको कम्पनीले जनाएको छ । चार बर्षका लागि सिइओमा नियुक्त भएका रायमाझीको कार्यकाल अझै करिब ७ महिना मात्रै बाँकी थियो ।

पुरा पढ्नुहॊस »

पूर्णिमा विकास बैंकको अध्यक्षमा सुरज उप्रेती, सञ्चालकमा लोकनाथ नेपाल

काठमाडाैँ । पूर्णिमा विकास बैंक लिमिटेडको रिक्त अध्यक्ष पदमा सञ्चालक सुरज उप्रेती चयन भएका छन् । पौष ६ गते बसेको सञ्चालक समितिको १८७ औं बैठकले उपे्रती सर्बसम्मत रुपले बांकी कार्यकालको लागि अध्यक्ष्माा चयन भएका हुन् । संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक भई तत्कालिन अध्यक्ष रहेका निधानचन्द्र श्रेष्ठको देहावसान पश्चात उक्त पद खालि रहेको थियो । अध्यक्ष चयन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशिका ई.प्रा.निर्देशननं ६/०७५ को बुंदा नं. २ (ढ) बमोजिम नेपाल राष्ट्र …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नयाँ शाखा ओखलढुङ्गाको सुनकोशीमा

काठमाडाैँ । माछापुच्छ्रे बैंकले सुनकोशी शाखाको सुरुवात गरेको छ । बैंकले ओखलढुङ्गाको सुनकोशी गाँउपालिकामा सुनकोशी शाखाको सुरुवात गरेको हो। शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले गरे। बैकले ८९ शाखा, १०८ एटीएम र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानवाट बैँकिङ्ग सेवा दिरहेको छ।

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफले ल्यायो नयाँ जीवन बीमा योजना, अब दैनिक ५ रुपैयाँमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आम सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । यो योजना पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैया भन्दा कम लागतमा खरिद गर्न सकिने जनाएको छ । यद्दपी उमेरको आधारमा बीमाशुल्कमा केही तल माथी हुनसक्छ । यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिम बिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुने कम्पनीको दावी छ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकका ग्राहकलाई शुभेक्षा इन्टरनेशनल हस्पिटलमा ४० प्रतिशत छुट

काठमाडौं । सीतापाइलाको शुभेक्षा इन्टरनेशनल हस्पिटलले सिद्धार्थ बैंक लिमिटेडका ग्राहकलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । उक्त सेवा दिने सम्बन्धि बिहीबार दुई कम्पनीबीच एक आपसमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र शुभेक्षा इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसियाबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेडले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २७० वटै शाखाहरुबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे

पुरा पढ्नुहॊस »

आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ  २७ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ८७ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१रुपैयाँ ७९ पैसा  र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी जापानीज १० …

पुरा पढ्नुहॊस »

मेगा बैंकबाट ७.८५ प्रतिशत लाभांश प्रस्ताव, पौष ३० गते साधारण सभा आह्वान

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेगा बैंकले आर्थिक वर्ष २०७४। ७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैंसा नगद लाभांश दिन लागेको हो । यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० …

पुरा पढ्नुहॊस »