आर्थिक

सानिमा बैंककाे तीन महिनाकाे नाफा ४६ करोड ४४ लाख

काठमाडाैं । सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९ दशमलब ०३ प्रतिशतले नाफा बढाएको छ । चालू आर्थिक वर्षको सुरुको तीन महिनाको वित्तीय विवरण  बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो । बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८करोड रुपैयाँ ऋण लगानी गरेको छ । खुद व्याज आम्दानी ९७ करोड ८४ लाख …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको १०. ५२६ प्रतिशत लाभांश घोषणा

काठमाडाैं । एनआईसी एशिया बैंकले यस यार्थिक वर्षमा प्रति शेयर १० रुपैया(१० प्रतिशत) शेयर लाभांश तथा लाभांशमा लाग्ने करको लागि प्रति शेयर नगद लाभांश दिने निर्णय गरेको छ । लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिबाट पारित भएपछि मात्र शेयरधनीलाई बितरण गरिने बैंकले जनाएको छ । बैंकले वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटी तर्फ ४८ अर्ब (६७५० ले वृद्धि गरी १२० अर्ब तथा निक्षेप तर्फ ६४ अर्बले वृद्धि गरी १५२ अर्ब रुपैयाँ …

पुरा पढ्नुहॊस »

आइएमईको दशैंमा बीस लाख योजनाको पहिलो विजेता घोषणा

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन्। बिजेता सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट छनौट गरेको कम्पनीले जनाएको छ। मल्लले नगद १ एक लाख रुपैयाँ प्राप्त गर्ने छन्। असोज ७ गते देखि …

पुरा पढ्नुहॊस »

एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढ्यो

काठमाडाैं । एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढेको छ । बैंकले यस आवको पहिलो त्रैमासिक अवधिमा ७५ करोड २६ लाख  रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा २७ करोड ७९ लाख रुपैयाँ थियो । बैंकको समग्र निक्षेपसँगै कर्जा प्रवाह बढेपछि व्याजपापतको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो । १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । निक्षेप तथा कर्जाका …

पुरा पढ्नुहॊस »

१२ औं वार्षिक उत्सवका अवसरमा कामना बैंकले दियो नगद र जिन्सी

काठमाडौं । कामना सेवा विकास बैंकले १२औं बार्षिक उत्सवको अवसरमा नगद तथा जिन्सी प्रदान गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । त्यस्तैगरी, अर्को संस्था श्री भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जाडो बाट बच्नको लागि न्यानो कपडा (स्वीटर) उपलब्ध गराउने घोषणा गरेको छ । साथै, बैंकका …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस फाइनान्सले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्‍याउने

काठमाडाैं । सिटी एक्सप्रेस फाइनान्सको तेह्रौँ वार्षिक साधारण सभाले संस्थाको चुक्ता पुँजी  ८० करोड रुपैयाँ पुर्‍याउने र रणनीतिक साझेदार भित्र्याउने निर्याण गरेको छ । संस्थामा  ९ किसिमका बचत खाता र मुद्दती खातामा उच्चतम व्याज दिइने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ । रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको कम्पनीका अध्यक्ष चन्द्र …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको नाफा ४७ करोड ५८ लाख

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक विवरण अनुसार ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो । हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकको ४९ करोड

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख रुपैंया नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको   वित्तीय विवरण अनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो ।    

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकको नाफा २२ करोड

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा वृद्धि गरेको छ । बैंकले नाफामा  ४३ प्रतिशतले वृद्धि गरी खुद नाफा २२ करोड पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा नाफाको यो आकार १५ करोड ४० लाख थियो । यो प्रतिशेयर १४।९३ रुपैंया हो । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी पुर्याएर ३४ करोडबाट ६९ करोड पुर्याएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग

काठमाडाैं ।मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नको लागि रु ५००,०००।(अक्षेरुपी पाँच लाख ) वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख बाङग्याल लामालाई हस्तान्तरण गरेका छन् ।

पुरा पढ्नुहॊस »