‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक

काठमाडौं । ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको प्रोडक्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस रहेको छ ।

यो प्याकेज मार्फत इन्टरनेटको ब्याण्डविथ थपगर्ने मात्र नभएर ग्राहकलाई उनीहरुले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

साथै ,कम्पनीले यस योजनामा पाँच नयाँ सेवा ‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाईफाई’ र ‘डिस्काउन्ट एप’ थप गरेको छ । वल्र्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ ।

२४ घण्टा भित्र इन्टरनेटमा आएको समस्या समाधान नभएको खण्डमा कम्पनीले उक्त अवधिको सत प्रतिशत समय अवधी थप गर्ने भएको छ ।

यसका साथै पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताले भोगी रहेको इन्टरनेट स्लो हुने र चोरी हुने समस्यालाई समाधान गर्नको लागि ‘म्यानेज्ड वाईफाई’ फिचर्स ल्याएको छ । यो फिर्चस मार्फत ग्राहकले आफ्नो राउटरमा जोडिएका डिभाइस र ब्याड्विथको खपतमाथि कन्ट्रोल गर्न सक्नेछन् ।

साथै इन्टरनेटको उच्चताप अनुभवको लागि कम्पनीले ड्यूल ब्याण्ड राउटर समेत प्रदान गर्ने भएको छ् । कम्पनीले ग्राहकलाई थप सुविधा प्रदान गर्नको लागि ‘डिस्काउन्ट एप’ पनि ल्याएको छ । यस अन्र्तगत कम्पनीका ग्राहकले ७५०भन्दा बढी विभिन्न रेस्टुरेन्ट, आउटलेटका साथै फिटनेस सेन्टरमा छुट प्राप्त गर्नेछन् ।

कम्पनीले नेट टिभीको सहकार्यमा यसअघि ग्राहकलाई उपलब्ध गराउँदै आएको नेट टिभी सेवालाई पनि थप आर्कषक बनाएको छ ।

कम्पनीले नेट टिभीमा ‘बेसिक प्लस स्पोटर््स’ र ‘इन्टरटेन्मेन्ट एचडी र बेसिक प्लस अल एचडी च्यानल’ प्याकेज ल्याएको छ । यसमा ५५ भन्दा बढी एचडी च्यानल र २३० भन्दा बढी एसडी च्यानल रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस