पूर्णिमा विकास बैंकको अध्यक्षमा सुरज उप्रेती, सञ्चालकमा लोकनाथ नेपाल

काठमाडाैँ । पूर्णिमा विकास बैंक लिमिटेडको रिक्त अध्यक्ष पदमा सञ्चालक सुरज उप्रेती चयन भएका छन् । पौष ६ गते बसेको सञ्चालक समितिको १८७ औं बैठकले उपे्रती सर्बसम्मत रुपले बांकी कार्यकालको लागि अध्यक्ष्माा चयन भएका हुन् ।

संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक भई तत्कालिन अध्यक्ष रहेका निधानचन्द्र श्रेष्ठको देहावसान पश्चात उक्त पद खालि रहेको थियो । अध्यक्ष चयन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशिका ई.प्रा.निर्देशननं ६/०७५ को बुंदा नं. २ (ढ) बमोजिम नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर कार्यालयमा निर्देशक अशोक कुमार पौडेलबाट एक कार्यक्रमविच शपथ ग्रहण गरे ।

साथै संस्थापक शेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा संस्थापक शेयरधनी लोकनाथ नेपाल सञ्चालकको रुपमा बांकी कार्यकालको लागि मनोनित भएका हुन् । उनी कृषि विकास बैंकका अनुभव प्राप्त बैंकर समेत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस