प्रचण्डलाई कांग्रेसको जवाफ- तपाईंलाई जंगलबाट राजनीतिमा कांग्रेसले ल्याएको हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदनमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेको छ । विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको बताएका छन् । ‘आइतबार गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र आज प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ । सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे गर्‍यो । त्यसका लागि भोलिका दिनमा मूल्य चुकाउनु पर्ला भन्नु भयो । तपाईहरूले हामीलाई भोटको राजनीतिमा आएपछि सहयोग गर्नु भएको हो । हामीले पनि गरेका हौं ,’ उनले भने ।

लेखकले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई जंगलबाट राजनीतिमा ल्याएको स्मरण गराएका छन् । ‘तपाईलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो बिर्सिनु भयो । हतियारकै बलमा यो सत्ता परिवर्तन गर्छु भनेर हिँड्नु भएको तपाईलाई शान्तिमा कसले ल्याएको हो ? कसको नेतृत्वमा आउनु भएको हो बिर्सिनु भयो ?,’ उनको प्रश्न छ । माओवादी र प्रचण्डलाई नेपालको राजनीतिमा स्थापित गराउन कांग्रेसको सहयोग गरेको लेखकको दाबी छ । ‘तपाई र तपाईको दललाई नेपालको राजनीतिमा स्थापित गराउन कांग्रेसको सहयोग छैन ? कांग्रेसको भूमिका छैन । भोलिका दिनमा के मूल्य चुकाउनु पर्छ ? तपाईहरू निरशंकुस्तातिर जाने । मूल्य हामीले चुकाउने ?,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस