आर्थिक

सिभिल बैंक लिमिटेड र ज्योती लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरे । अब ज्योती लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ । बैंकको बार्हौं वार्षिक साधारण सभाले आ.व. ०७४÷०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभांस वितरण गर्ने र उक्त वोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी को २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको हो । बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

एनसीसीकाे ७९ लाख कित्ता शेयर लिलामी

काठमाडौं ।  एनसीसी बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । बैंकले संस्थापक समूहतर्फ ६५ लाख १६ हजार ७ सय ९५ कित्ता र सर्वसाधारण समूहतर्फ १३ लाख ९४ हजार १ सय ९८ कित्ता गरी उक्त परिमाणको शेयर लिलामीमा ल्याउने भएको हो । एनसीसी  बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको सनराइज क्यापिटलले यही पुस ११ गतेदेखि २० गतेसम्म उक्त लिलामी खुल्ला गर्ने …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते

काठमाडौं । ग्लोबल आईएमई बैंकको वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्ने छ । समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले बोनस पाउनेछन् । बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग गरेको छ । केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई रू दुई लाखको चेक हस्तान्तरण गरे  । हाल बैंकले  ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं  । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले“आजको आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मुल आशयले २१५ औ वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा सम्पन्न गरेको हो । बैंकले गत आर्थिक वर्ष देखि विद्यार्थीहरुमा समेत  वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्दै आइरहेको छ ।वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा …

पुरा पढ्नुहॊस »

युनाईटेड इन्स्योरेन्सद्धारा बीमाको रकम भुक्तानी

काठमाडौं  । युनाईटेड इन्स्योरेन्सले मृतक बिमितको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । गुल्मी जिल्ला धुर्कोट गाउपालिका वडा नं. ३ निवासी जीप चालक शेर बहादुर थापाले लु. १ ज ३५०३ नम्बरको जीप सन्धिखर्कबाट हंशपुरका  लागि लिएर जाँदै गर्दा गत कात्तिक ६ गते मालारानी गाउपालिका वडा नं. ५ घाटखोला अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा घाइते भएका थिए । उपचारको क्रममा उनको मूत्यु भए पश्चात उनकी श्रीमती कल्पना थापाले बीमा रकम दावी …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डुले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

काठमाडौँ । बैंक अफ काठमाण्डुले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (२०७४/०७५) को नाफाबाट सो लाभांश दिने निर्णय गरेको हो । बैंकले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत र बैंकको साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।  

पुरा पढ्नुहॊस »

घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् आज कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ। तीन दिनदेखि  १ को १ सय १५ रूपैयाँ ३४ पैसामा कारोबार भइरहेको अमेरिकी डलरको  भाउ आज  घटेको हो । हिजो सोमबारको तुलनामा आज यसको भाउ ५६ पैसाले घटेर १ बराबर १ सय १४ रूपैयाँ ७८ पैसा भएको हो । तीन दिनदेखि डलर भाउ स्थिर भएको थियो । मुलुकको केन्द्रीय बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १४ रूपैयाँ …

पुरा पढ्नुहॊस »

जनता बैंकको भीसा कार्डमार्फत पनि अनलाईन स्टोरबाट समान खरिद गर्न सकिने

काठमाडौं । ईन्टरनेटको प्रयोगमा भएको बृद्धीसंगै सोको माध्यमद्धारा बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्रि पनि बढ्दो क्रममा रहेको छ । समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ । जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड …

पुरा पढ्नुहॊस »